२४ बैशाख, काठमाण्डौ । नेपाली शेयर बजारमा बुधबार दोहोरो अंकको वृद्धि भएको छ । यस दिन बजारको परिसूचक ६२.२५ अंकले बढेर परिसूचक २६७३.६९ बिन्दुमा पुगेको छ ।
अघिल्लो साताको आइतवार बढेर त्यस पछि क्रमश घटेको नेपाली शेयर बजारको परिसूचक नेप्से मंगलवार सामान्य अंकले बढेको थियो भने बुधवार परिसूचक तथा कारोवार रकम दुवै उच्च अंकले बढेको छ ।
बुधबार ३ सय ८ कम्पनीहरुका २ करोड ७२ लाख ४५ हजार कित्ता सेयरहरु १० अर्ब ५१ करोड ८४ लाख ६ हजार रुपैयामा किनबेच भएका छन् ।
बुधवार सबै उपसमूहको मूल्य बढेको छ ।
मा प्रकाशित