माघ २९,काठमाण्डौ । सरकारले चालु आर्थिक बर्षको बजेटको आकार घटाएको छ ।
प्रतिनिधिसभाको आइतवारको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु बजेटको मध्यावधि समीक्षा प्रतिवेदन पेश गर्नुहुँदै अर्थमन्त्री पौडेलले बजेटको आकार १४ प्रतिशतले घटाइएको जानकारी दिनुभयो ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षमा कूल सरकारी खर्च १७ खर्ब ९३ अर्ब ८३ करोड हुने अनुमान गरेकोमा त्यसलाई घटाएर १५ खर्ब ४९ अर्ब ९९ करोड हुने संशोधित अनुमान गरेको बताउनु भयो ।
प्रतिनिधिसभाको आइतवारको बैठकमा अर्थमन्त्री पौडेलले विनियोजन भन्दा २ खर्ब ४४ अर्बले बजेटको आकार घटाएको बताउनु भयो । जस अनुसार चालु खर्च तर्फ ११ खर्ब ८३ अर्ब २३ करोड शुरु विनियोजन भएकोमा घटाएर १० खर्ब २१ अर्ब ९२ करोड हुने संशोधित अनुमान गरिएको छ ।
त्यसैगरी,पुँजीगत खर्च तर्फ ३ खर्ब ८० अर्ब ३८ करोड शुरु विनियोजन भएकोमा ३ खर्ब १३ अर्ब ८५ करोड हुने संशोधित अनुमान गरिएको छ भने वित्तीय व्यवस्था तर्फ २ खर्ब ३० अर्ब २१ करोड शुरु विनियोजन भएकोमा २ खर्ब १४ अर्ब २१ करोड हुने संशोधित अनुमान गरिएको छ । जुन शुरु विनियोजनको ९३.०५ प्रतिशत हो ।
सरकारले सङ्कलन गर्ने राजस्व अनुमान पनि घटाएको छ । राजस्व संकलनको लक्ष्य १४ खर्ब ३ अर्ब १४ करोड रहेकोमा १२ खर्ब ४४ अर्ब ७५ करोड मात्र सङ्कलन हुने संशोधित अनुमान गरिएको छ ।
जुन शुरु अनुमानको ८८.७१ प्रतिशत हो । संशोधित अनुमान गरिएको राजस्वमध्ये नेपाल सरकारबाट .११ खर्ब १ अर्ब परिचालन हुने र १ खर्ब ४३ अर्ब ७५ करोड प्रदेश र स्थानीय तहलाई बाँडफाँट हुने अनुमान गरिएको छ ।
वैदेशिक अनुदान तर्फ .५५ अर्ब ४५ करोड शुरु अनुमान गरिएकोमा ३८ अर्ब ४५ करोड परिचालन हुने र वैदेशिक ऋण तर्फ २ खर्ब ४२ अर्ब २६ करोड परिचालन हुने शुरु अनुमान रहेकोमा १ खर्ब ७० अर्ब ५३ करोड मात्र परिचालन हुने संशोधित अनुमान गरिएको छ ।
त्यसै गरी आन्तरिक ऋण २ खर्ब ५६ अर्ब उठाउने अनुमान गरिएकोमा .२ खर्ब ४० अर्ब परिचालन गर्नुपर्ने संशोधित अनुमान गरिएको छ ।
मा प्रकाशित