अर्थतन्त्र अप्ठेरो परेको बेलामा जोगाउने सहकारी हाे : केपी ओली

आर्थिक परिवेश

२५ चैत्र, काठमाडौं ।  पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थतन्त्र अप्ठेरो परेको बेला जोगाउने सहकारी भएको बताउनु भएको छ ।

राष्ट्रिय सहकारी महासंघ र भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको आयोजनामा भएको तेस्रो सहकारी सम्मेलनको समापन समारोहमा बोल्दै अध्यक्ष ओलीले सहकारी सञ्चालन गर्न नजान्दा पनि समस्या आएको बताउनु भयो ।

‘अहिले सहकारी जति बदनामी भएको छ, अब बदनामी हुन नपायोस्’, भन्दै उहाँले कृषि क्षेत्रमा बढी जनसंख्या आश्रित भए पनि जमिनको अभाव भएकाले परम्परागत खेती गर्दा कृषि उत्पादनमा मूलुक आत्मनिर्भर हुन नसेको उल्लेख गर्नु भयो ।

ठूला बैंक,व्यापारी,उद्योगी समस्यामा भएकाले सानापुँजी भएका सहकारी समस्यामा हुनु स्वभाविभक भएको उहाँले बताउनु भयो ।
सहकारीले एकीकृत जग्गामार्फत कृषि उत्पादनमा लाग्नु पर्ने अध्यक्ष ओलीले ओलीले जोड दिनु भयो ।

सहकारीले अनुदान आशा गर्न नहुने भन्दै उनले भने, ‘उत्पादनमा लाग्नको लागि लामो समयको लागि सहुलियत ऋण व्यवस्था गर्नुपर्छ ।’
थोरै पुँजीलाई सही सदुपयोग गर्दा राम्रो उपलब्धी हाँसिल गर्न सकिने उहाँको भनाई छ ।

कुल जनसंख्याको ६० प्रतिशत जनसंख्यालाई कृषिको क्रान्तिमा जोड्न सके मूलुक खाद्यान्नमा आत्मनिर्भर हुन सक्ने पूर्व प्रधानमन्त्री ओलीले बताउनु भयो ।

‘मानिसको खाना पाउनु पहिलो अधिकार हो’, उनले भने, ‘अब सहकारीले खाद्य सुरक्षामा जोड दिनुपर्छ । खान नपाए बर्बाद भइन्छ । लुगा त एकदुई वर्ष धान्छ ।’

कार्यक्रममा सहकारी विभागका रजिष्ट्रार नवराज घिमिरेले सहकारीको ऋण तिर्न पर्दैन भन्दै अफवाह फैलाउनेहरुलाई कानुनी कठाघरामा ल्याईने बताउनु भयो ।

सहकारी ऐन नियममा भएका व्यवस्थाहरुलाई कार्यान्वयन गरी सहकारीलाई व्यवस्थित गर्न विभाग तयार रहेको प्रतिवद्धता जनाउनु भयो ।

यहाँले सहकारी खतराको डिलमा नपरेको भन्दै विश्वासलाई डग्मगाउन नदिनका लागि सहकारी अभियान्ताहरु लाई सचेत भएर लाग्न आग्रह गर्नु भयो ।

मा प्रकाशित