काेदाे खान र उत्पादन गर्न पूर्वप्रधानमन्त्रीकाे सुझाव

आर्थिक परिवेश

 ८ बैशाख,काठमाडाै । नेकपा एकीकृत समाजवादी) का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले कोदोले सुगर र प्रेसर कम गर्ने दाबी गर्नु भएकाे छ  ।

शुक्रवार काठमाडौंमा आयोजित नेशनल नर्सिङ कन्फ्रेन्सलाई सम्बोधन गर्दै उनले कोदो बहुगुणी भएकाले कोदो खान र उत्पादन गर्न पनि सुझाव दिनुभयाे ।

उहाँले आफूले पनि पछिल्लो समय कोदोको सेवन धेरै गरेको जसका कारणा अहिले सुगर र प्रेसर हराएको बताउनु भयाे । नेता खनालले कोदोको सेवनले गर्दा आफू अहिले म्याराथनमा दौडिन पनि सक्षम र बलवान भएको बताउनु भयाे ।

उहाँले भन्नु भयाे, मैले आफैँले भोगेको कुरा भन्ने हो भने प्रेसर र सुगर भएका रोगीहरुले कोदो खायो भने कम हुन्छ। मेरो पनि अलि अलि प्रेसर थियो, अहिले मेरो केही पनि छैन। मेरो स्वास्थ्य पहिला भन्दा धेरै राम्रो छ। म अहिले म्याराथनमा जाऔँ भने पनि तयार भनेको जस्तो छु।’

उहाँले हरेक कुरालाई पराजय गर्नको लागि आत्मविश्वासको आवश्यक्ता रहेको पनि बताउनु भयाे  ।

उहाँले भन्नु भयाे , ‘मान्छे आत्मविश्वासयुक्त भएर जानुपर्छ। म यो काममा लागिरहेको छु, सफलतापूर्वक गर्न सक्छु भनेर जानुपर्छ। राजनीतिज्ञमा पनि त्यो हुनुपर्छ नत्र नेतृत्व गर्न सक्दैन। नैतिकवान राजनीतिज्ञ मात्रै सधैँभर आफ्नो उचाइमा बसिरहन सक्छ’ भन्नुभयाे ।

मा प्रकाशित