मंगलवार सेयर बजारमा दोहोरो अंकको वृद्धि भएकाे छ

आर्थिक परिवेश

१२ वैशाख, काठमाडौं।  मंगलबार नेपाली सेयर बजारमा होटल एण्ड टुरिजम क्षेत्रका कम्पनीका सेयरमा लगानीकर्ताको आकर्षण बढेको छ।

होटल एण्ड टुरिजम उपसमूह करिब २ प्रतिशतले बढेको छ भने सर्वाधिक मूल्य बढ्ने कम्पनीको सूचीमा पनि सोही उपसमूह अन्तर्गतका कम्पनी परेका छन्।

तारागाउँ रिजेन्सी होटल लिमिटेडको सेयर मूल्य प्रति कित्ता ८ प्रतिशतसम्म बढेको छ।

मंगलवार सेयर बजारमा दोहोरो अंकको वृद्धि देखिएको छ। सोमबार सामान्य अंकले बढेको बजारले मंगलबार सोही लयलाई पछ्याएको हो।

फलस्वरुप मंगलवार  नेप्से परिसूचक १७.३६ अंकले बढेर १९०५.६८ बिन्दुमाथि आइपुगेको छ। यस्तै आज सेन्सेटिभ पनि ४.२७ अंकले बढेको हो। नेप्से पछिल्लो तीन कारोबार दिनपछि १९०० बिन्दुमाथि आइपुगेको हो।

परिसूचकसँगै मंगलवार कारोबारमा पनि हरियाली छाएको छ। यस दिनभरको कारोबार अवधिमा ८८ करोड ५५ लाख ७८ हजार बराबरको सेयर किनबेच भएको छ। सोमबार भने पछिल्लो चार महिना यताकै न्यून कारोबार अर्थात ७५ करोड बराबरको कारोबार भएको थियो ।

मंगलबार सस्तो मूल्यमा सेयर किन्ने  लगानीकर्ता बढ्दा बजार सकारात्मक हुन पुगेको हो। कारोबारका आधारमा मंगलबार शिवम् सिमेन्ट अग्र स्थानमा छ। कम्पनीको ७ करोड बढीको सेयर कारोबार भएको हो ।

यस्तै मूल्य घट्न थालेपछि कालिञ्चोक दर्शनको सेयर बेच्ने पनि बढेका छन् । त्यसैले आज यस कम्पनीको ३ करोड माथिको सेयर कारोबार भएको छ।

यस्तै आज विकास बैंक, फाइनान्स तथा लगानी उपसमूह पनि करिब १ प्रतिशतले बढेको छ।

मा प्रकाशित