११जेठ,काठमाडौं । प्राध्यापकहरुलाई लिट्रेचर रिभ्यु र आर्टिकल राइटिड. सम्बन्धी विषयमा सहयाेग पुरयाउने उद्देश्यले अनुसन्धानात्मक तालिम कार्यक्रमको आयोजना गरिएकाे छ ।
विश्व विद्यालयहरुमा अध्ययन अनुसन्धानको अभावमा उच्च शिक्षा क्षेत्रमा पठनपाठन प्रभावकारी हुन नसकेको गुनासो विभिन्न पक्षबाट आइरहेको अवस्थामा काठमाडौको चावहिलमा अवस्थित पशुपति बहुमुखी क्याम्पसले प्राध्यापकहरुलाई लिट्रेचर रिभ्यु र आर्टिकल राइटिड. सम्बन्धी अनुसन्धानात्मक तालिम कार्यक्रमको आयोजना गरेको हाे।
विश्व विद्यालय अनुदान आयोगको सहयोगमा पशुपति बहुमुखी क्याम्पसले आयोजना गरेको ५ दिने तालिममा पशुपति बहुमुखी क्याम्पस तथा त्यस वरपरका विभिन्न १० सामुदायिक क्याम्पसहरुका प्राध्यापकहरु गरी ५० जनाको सहभागिता रहेको छ ।
अनुसन्धानात्मक तालिमको शुभारम्भ गर्दै त्रिभुवन विश्व विद्यालय शिक्षाशास्त्र संकायका डिन प्रा.डा चित्रबहादुर बुढाथोकीले त्रिविका आंगिक क्याम्पसहरुमा अध्ययन अनुसन्धान केन्द्रित भएर पठनपाठन हुन नसकेको गुनासो आएको बेला त्यस्ता अनुसन्धानात्मक तालिम कार्यक्रमले प्राध्यापकहरुको क्षमता विकास गरी अध्ययन अध्यापनलाई समयानुकुल बनाउने विश्वास व्यक्त गर्नु भयो ।
पशुपति बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख विनोदचन्द्र पन्तले क्याम्पसहरुमा अनुसन्धानमा आधारित भै पठनपाठन गर्नु आवश्यक भएकोमा जोड दिदै तालिमले त्यस प्रकारको ज्ञान प्रदान गर्न सहयोग गर्ने बताउनु भयो ।
तालिम अवधीमा विभिन्न विषयका विज्ञ प्राध्यापकहरुले विभिन्न १० वटा शत्रहरुमा प्राध्यापकहरुलार्ई लिट्रेचर रिभ्यु र आर्टिकल राइटिड.सम्बन्धी अनुसन्धानात्मक तालिम प्रदान गर्नु हुनेछ ।
मा प्रकाशित