
२१ कार्तिक काठमाण्डाै । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भाटेकोसी बाढीमा परी बेपत्ता भएका भएका ३२ जिल्लाका दुई हजार २९४ जनाको विवरण सार्वजनिक गरेको छ।
प्राधिकरणले ३२ जिल्लाको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिबाट यकीन भएका व्यक्तिको विवरण मात्र सार्वजनिक गरेको हो।प्राधिकरणका अनुसार सबैभन्दा बढी रसुवाका एक हजार ५८३ जना बेपात्ता रहेका छन्।
त्यस्तै धनकुटा, डडेल्धुरा, खोटाङ, भोजपुर, अछाम, कपिलवस्तु, जाजरकोट, सर्लाही, ललितपुर, कैलाली, महोत्तरी, बागलुङ, ताप्लेजुङ, जुम्ला, बाजुरा र कालीकोटका बेपत्ताको विवरण सार्वजनिक भएको हो।
यसैगरी, नवलपरासी पूर्व, उपदयुर, काभ्रेपलाञ्चोक, नवलपरासी पश्चिम, तेह्रथुम, रुकुम (पूर्व), सप्तरी, बर्दिया, स्याङ्जा, रामेछाप, दाङ, सिन्धुपाल्चोक र सिन्धुली बेपत्ताको सूचीमा सार्वजनिक गरिएको छ।
सात देशका १७१ बेपत्ता नागरिकको विवरण पनि प्राधिकरणले सार्वजनिक गरेको हो। बेपत्ता व्यक्तिको पूर्ण विवरण प्राधिकरणको वेबसाइटमा हेर्न सकिनेछ।
प्राधिकरणले शनिबार सूचना जारी गर्दै बेपत्ता व्यक्ति जीवित रहेको वा फेला परेको भए निज वा एकाघरको परिवारका तर्फबाट सात दिनभित्र दाबी पेश गर्न आग्रह गरेको छ।
बेपत्ता व्यक्तिको स्थायी ठेगाना रहेको स्थानीय तहबाट भएको सिफारिशको आधारमा सम्बन्धित जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको निर्णयका आधारमा स्वदेशी व्यक्तिको सूची प्रकाशन गरिएको जनाएको छ।
यस्तै बेपत्ता विदेशी व्यक्तिको हकमा भने सम्बन्धित मुलुकको नेपालस्थित नियोग वा नेपाल हेर्नेगरी तोकिएको नियोगबाट कन्सुलर सेवा विभागमार्फत प्राप्त विवरण सार्वजनिक गरिएको हो।
देशका ३२ जिल्लाबाहेकका विवरण सम्बन्धित जिल्ला प्रशासन कार्यालय र बेपत्ता विदेशी नागरिकको हकमा नियोगबाट सूची प्राप्त भएपछि पुनः सूचना प्रकाशित गरिने प्राधिकरणले जनाएको छ।
गत भदौ १० गते भोटेकोसीमा आएको बाढीमा परी हालसम्म एक हजार ४५७ जनाको मृत्यु भएको छ। त्यस्तै, पाँच हजार २८५ बेपत्ता भएको प्राधिकरणको तथ्याङ्क छ।
मा प्रकाशित