नबिल बैंक लिमिटेडकाे दिगो घर कर्जा योजना सार्वजनिक

आर्थिक परिवेश

२१ जेठ काठमाडौं। नबिल बैंक लिमिटेडले दिगो घर कर्जा योजना सार्वजनिक गरेको छ। विश्ववातावरण दिवस जुन ५ तारिखको पूर्वसन्ध्यामा दिगो घरकर्जा योजनाको स्किमअघि सारेकाे बैकले जनाएकाे छ ।

आइतबार केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बीच नबिल बैककाे सञ्चालक समितिका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले उक्त कर्जा योजनाको अनावरण गरेर अघि बढाइएको  हो।

उहाँले नबिल बैंकले दिगो बैंकिङको अवधारणामा काम गर्दैआएकोर यस कर्जाले दिगो विकासमा सर्वसाधारणको पहुँच पुर्याउने बताउनुभयो।

उक्त समारोहमा बैकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले नबिल बैकले दिगो बैंकिङ क्षेत्रमा गरेका विभिन्न कार्यहरूको बारेमा प्रकाश पार्नु भयो।

साथै बैकका वरिष्ठ नायबकार्यकारी अधिकृत सुजितकुमार शाक्यले नबिल दिगो घरकर्जा एउटा शुरुवाती प्रयास भएपनि यसले समाजमा पार्ने सकारात्मक असरतथा महत्वका बारेमाआफ्नो धारणाराख्नु भयो।

उहाँले बैंकले  ल्याएको कर्जाले सहुलियत दरमा कर्जा प्रवाह गरी यसले दिगोविकासमा टेवा पुर्याउने विश्वास गर्नु भयाे ।     कार्यक्रममा वैकल्पिक ऊर्जा प्रबर्द्दन केन्द्रका कार्यकारी निर्देशक नवराज दाहाल तथा स्मार्ट पानीका सह संस्थापक सुमन शाक्यकोउपस्थिती रहेको थियो ।

नबिल दिगो घरकर्जा वातावरण मैत्री तथा किफायती ऊर्जा सामाग्रीहरू प्रयोग गरी घर निर्माण गर्न चाहने ग्राहकहरू लाई लक्षित गरिएको बैकले जनाएकाे छ छ।

यस स्किमले देशको आवास निर्माण क्षेत्रभित्र वातावरण मैत्री र सामाजिक रूपमा जिम्मेवार अभ्यासहरूकाे प्रवर्द्धन गर्ने विश्वास बैंकले लिएको छ।

दिगो आवासमा लगानी गर्न चाहने ग्राहकहरू लाई सस्तो ब्याजदर र सेवा शुल्कमा कर्जा प्रवाह गरी यस योजनाले समाजमा वातावरण मैत्री अभ्यासहरू अपनाउन प्रोत्साहन गर्ने अपेक्षा राखिएको छ।

वातावरण मैत्री तथा किफायती ऊर्जा सामाग्रीहरू प्रयोग गरेर घर निर्माण गर्न चाहने ग्राहकहरूले यस योजना अन्तर्गत आवास कर्जा लिन सक्ने छन्।

बैंकले सुरुवात गरेको नबिल दिगो घरकर्जा ग्राहकहरुले बैकको आधार दरमा मात्र १ प्रतिशत प्रिमियम थपेर प्राप्त गर्नसक्ने छन भने स्थिर ब्याजदर चाहने ग्राहकहरुले सात वर्षको लागि वार्षिक १०.४९ प्रतिशतमा नै प्राप्त गर्न सक्ने छन्।

सात बर्ष भन्दा बढि अवधि भएको स्थिर ब्याज दर चाहने ग्राहकहरुले सात वर्षको लागि वार्षिक १०.४९ प्रतिशत र सात बर्षपछि बाँकी अवधिमा सात वर्ष पश्चात्को आधार दरमा १ दशमलब ५ प्रतिशत जोडि हुने व्याजदरमा प्राप्त गर्न सक्ने छन्। साथै यस स्किम अन्तर्गत ग्राहकले सेवा शुल्कमा पनि आकर्षक सहुलियत पाउने छन् ।  १ वर्षलाई दुईलाख सम्मको निशुल्क क्रेडिट कार्ड पनि उपलब्ध गराईने बैकले जनाएकाे छ।

यस कर्जालाई ग्राहकले सरल मासिक किस्तामा अधिकतम २०वर्ष सम्ममा चुक्ता गर्न सक्ने छन्।यो कर्जा योजना बैंकको कुनै पनि शाखाबाट प्राप्त गर्न सकिने छ।

यो कर्जा प्राप्त गर्नका लागि ग्राहकले निर्माण हुन गईरहेको घरको हकमा घरको नक्सा पास पेस गर्नु पर्नेछ भने उक्त नक्सामा वर्षाको पानी संकलन र संरक्षण गर्ने प्रविधि, फोहर व्यवस्थापन गर्ने प्रविधि तथा किफायती ऊर्जा सामाग्रीहरू जस्तै सिएफएल, एलइडी लाइटहरूको प्रयोग, सोलार प्रविधि बाट पानी तताउने र किफायती बिजुलीको प्रयोग गरी खाना पकाउने प्रविधि जस्तै इन्डक्सन कुकिङ आदि प्रविधिहरू समावेश भएको हुनु पर्नेउल्लेख छ।

यो कर्जा, वातावरण मैत्री तथा किफायती ऊर्जा सामाग्रीहरू प्रयोग गरेर नयाँ घर निर्माण गर्न, वा निर्माण भइसकेको घर खरिद गर्न, अन्य वित्तीय संस्थाबाट कर्जा लिइ वातावरण मैत्री तथा किफायती ऊर्जा सामाग्रीहरू प्रयोग गरी निर्माण भइसकेको घरको कर्जा स्वाप गर्न सक्ने छन् ।

त्यस बैंकबाट घर कर्जा उपयोग गरिरहेका ग्राहकहरूले निर्माण भई सकेको घरमा वातावरण मैत्री तथा किफायती ऊर्जा प्रविधि जडान गरी घरको मर्मत सम्भार गर्न थप कर्जा चाहिएमा प्राप्त गर्न साेत सक्ने बैकले उल्लेख गरेकाे छ ।

त्यस कर्जा उपयोग गर्ने प्रक्रिया अन्य घर कर्जाहरू जस्तै सरल हुनेबैकले जनाएकाे छ ।न्यूनतम कर्जा सीमा  सात लाख रअ धिकतम सीमार पाँच करोडकाे हुने बैकले उल्लेख गरेकाे छ।

 

मा प्रकाशित