८ औं एनआरएनए मध्यपूर्व क्षेत्रीय सम्मेलन, ओमानमा  

आर्थिक परिवेश

३२ जेठ,काठमाडाै ।  अनिवार्य सामाजिक सुरक्षा र सम्मानित वैदेशिक रोजगार रेमिट्यान्सको सही लगानी राष्ट्र निर्माणको आधार’ भन्ने मुल नारासहित यही जुन २८ देखि ३० तारिखसम्म गैरआवासीय नेपाली संघको मध्यपूर्व क्षेत्रीय परिषद्को  आठौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन  आयोजना हुने भएकाे छ ।

गैर आवासीय नेपाली स‌‌‌घ राष्ट्रिय समन्वय परिषद् ओमानको आयोजना  अर्थतन्त्रमा ओझेलमा परेको उनीहरुको योगदानश्रमिक र उनीहरुका परिवारको जीवनमा तात्विक परिवर्तन हुन नसकेको परिस्थितिवैदेशिक रोजगारीको सामाजिक र पारिवारिक प्रभावसुरक्षित आप्रवासन नीति तथा कार्यान्वयन लगायतका  विषयमा छलफल हुनेछ ।

मध्यपूर्वमा कार्यरत श्रमिक र उनीहरुको परिवारको मानसिक तथा शारीरिक स्वास्थ्यमध्यपूर्वमा रहेका श्रमिक तथा स्वरोजगारमा रहेका नेपालीको मताधिकारवैदेशिक रोजगारीमा जाने युवाका लागि भाषासीपमूलक तालिमफर्केर आएका युवा–युवतीका लागि उद्यममा लाग्न प्रोत्साहन तथा समाजमा पुनःस्थापनापुर्नएकीकरण र समायोजनसामाजिक सुरक्षा कोषमा आबद्धताअनिवार्य सामाजिक सुरक्षा र सम्मानित वैदेशिक रोजगाररेमिट्यान्सको सही लगानी लगायतका मुख्य एजेन्डामा छलफल हुनेछ । 

यसका साथैसम्मेलनले मध्यपूर्वमा कार्यरत नेपाली माझ स्थानीय भाषा र कानूनमा ज्ञानको कमी तथा सूचना अभावलगायत विविध कारणले जेलजीवन बिताउनु परेको र काम गर्ने क्रममा गम्भीर दुर्घटनामा परी अंगभंग भएका श्रमिकका समस्या निराकरणका लागि सुझाव दिनेछ ।  

वैदेशिक रोजगारीमा जाने नेपालीको जनचेतना वृद्धि र विदेशमा सिकेका ज्ञान तथा सीपलाई मातृभूमिमा कसरी उपयोग गर्न सकिन्छ भन्ने विषयमा पनि सम्मेलनमा छलफल हुनेछ ।

विदेशस्थित नेपाली नियोगमार्फत विदेशमा श्रम स्वीकृति एवं अनुगमनको व्यवस्थाश्रम स्वीकृति कार्यान्वयनश्रम सीप बैंकको स्थापनाकामदार र सरकारी निकायबीच समन्वयवैदेशिक रोजगारीमा गएकाको लागि सञ्चयकोषको व्यवस्था गर्न यस सम्मेलनले नेपाल सरकारको ध्यानाकर्षण गराउनेछ ।

सम्मेलनमा गैरआवासीय नेपाली समुदायको आवाज उठाउने र उनीहरूका समस्याहरूको समाधानका लागि नेपाल सरकारसँग संवाद स्थापित गर्ने उद्देश्यले राखिएको छ । 

श्रमिकका मुद्दा सम्बोधनका लागि नेपाल सरकार तथा सरोकारवाला निकायको ध्यानाकर्षण गराउने उद्देश्यले आयोजना गर्न लागिएको यो सम्मेलन पूर्णतः श्रमिक केन्द्रीत हुने भएको छ ।

श्रमिकका मुद्दा र उनीहरुका अभिव्यक्तिअनुभव र विचार व्यक्त गर्ने अवसर समेत प्रदान गरिनेछ । समग्र युवा तथा महिलाका मुद्दालाई समेत प्राथमिकता दिइने सम्मेलन पूर्ण रुपमा समावेशी हुनेछ ।

सम्मेलनमा मध्यपूर्वसहित विभिन्न मुलुकका करीब ५०० जना प्रतिनिधिको सहभागिता रहने अनुमान छ ।

गैरआवासीय नेपाली संघको लामो समयदेखिको पहल र पैरवीको प्रतिफल भन्नुपर्छ भर्खरै मात्रै नेपाल सरकारले वैदेशिक रोजगारी र स्वरोजगारमा रहेका नेपालीहरुलाई समेत योगदानमा आधारित साामाजिक सुरक्षा कोषमा आबद्ध गर्न सुरु गरिसकेको छ ।

यद्यपी अझै विदेशमा रहेका नेपाली श्रमिकका मुद्दाहरु थुप्रै छन् । विशेषतः मध्यपूर्वमा रहेका बहुसंख्यक नेपाली श्रमिकका समस्या असरल्ल छन् ।

मुलुकमा भित्र्ने कुल विप्रेषण मध्ये झन्डै ६० प्रतिशत भन्दा बढी विप्रेषण भित्र्याउन योगदान गर्ने यस क्षेत्रका बहुसंख्यक नेपाली श्रमिकको पीडा सम्बोधन हुन सकेको छैन ।

मा प्रकाशित