नेपाल फेस्टिभलमा पहिलाे पटक अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिज सहभागि

आर्थिक परिवेश

२२ कार्तिक, काठमाण्डाै  ।  अस्ट्रेलियाकाे सिडनीमा शनिवार नेपाल  फेस्टिभलकाे आयोजना गरिएकाे  छ  ।

प्रतेक दुइ बर्षमा अस्ट्रेलियाका सातै प्रदेशमा  नेपाल फेस्टिभल आयोजना गरिने र अन्तीम फेस्टिभलकाे रूपमा सिडनीमा फेस्टिभल मनाउने गरिएकाे  छ  ।

गैर आवासीय नेपाल संघ न्यु साउथवेल्सकाे  आयोजनामा  डार्लिङ हार्वरको टोम्बालुङ पार्कमा भएकाे फेस्टिभलमा पहिलाे पटक अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिज प्रमुख अतिथिकाे रूपमा सहभागि हुनु भयाे  ।

नेपाली ढाका टाेपी र चन्द्र सुर्य अंकित गलबन्दीमा देखिनु भएका प्रधानमन्त्री एन्थोनी अल्बानिजले  समाराेहलाइ  सम्बोधन गर्दै  सिड्नीमा नेपाली समुदायसँग तिहार मनाउन पाउनु निकै खुसीको विषय  भएको बताउनु भयाे  ।

प्रधानमन्त्री अल्बानिजले  ‘विविधता अस्ट्रेलियाकाे शक्ति भएकाे  र नेपाली समुदाय त्यसको एक अत्यन्त महत्त्वपूर्ण अंशकाे रूपमा रहेकाे बताउनु भयाे  ।

प्रधानमन्त्री अल्बानिजले नेपाली समूदायले अस्ट्रेलियाकाे विकासमा पुरयाएको योगदानको खुलेर प्रशंसा समेत गर्नु भयाे  ।

उहाँले अस्ट्रेलिया उत्कृष्ट हुनुको कारण विश्वका विभिन्न ठाउँबाट विभिन्न संस्कृतिका मानिसहरू यहाँ आएर परिवार बसाउनु भएकाे पनि प्रधानमन्त्री अल्बानिजले बताउनु भयाे ।

उहाँले  अस्ट्रेलियाकाे जस्तो बहुसंस्कृतिक समुदायको देशकाे प्रधानमन्त्री हुन पाउनु गर्वको विषय भएको बताउनु भयाे ।

समाराेहमा प्रधानमन्त्री अल्बानिजले अस्ट्रेलियाकाे  ‘राष्ट्रिय वीरता पुरस्कार’ पाउन सफल नेपाली मूलका प्रहरी अधिकारी विकास भारतीको समेत त्यस अवसरमा  प्रशंसा गर्नु भयाे ।

प्रधानमन्त्री अल्बानिजले संयुक्त राष्ट्रसंघको महासभामा नेपालका प्रधानमन्त्री बालेन शाहसँग भएको भेटकाे  पनि स्मरण र चर्चा गर्नु भयाे ।

उहाँले नेपालमा हालै गउकाे प्राकृतिक प्रकोपको घडीमा अस्ट्रेलिया सदैव नेपालको साथमा उभिएको समेत उल्लेख गर्नु भयाे  ।

प्रधानमन्त्री अल्बानिजले नेपाल फेस्टिभल सम्बोधन गरेका तस्बिर फेसबुकमा सेयर पनि गर्नु भएकाे छ ।

उदघाटन समाराेह अघि नेपाली समुदायका विभिन्र झाकी तथा सांगीतिक प्रस्तुतीहरूका साथ भएकाे रयालीले शहरकाे विभिन्र भागकाे परिक्रमा गर्दै डार्लिङ हार्वरको टोम्बालुङ पार्कमा पुगेकाे थियाे ।

समारेहमा न्युसाउथवेल्सका मुख्यमन्त्री अर्थात प्रिमियर सांसदहरू तथा गैरअावासीय नेपाली संघ अस्ट्रेलियाका पुर्व र वर्तमान अध्यक्ष तथा नेपाली समुदायका विभिन्रन तह र तप्काका व्यक्तीहरूकाे उल्लेख्य मात्रामा सहभागिता रहेकाे थियाे ।

मा प्रकाशित