भैरहवामा पाँचतारे होटल सिद्धार्थ भिलासा सञ्चालनमा

आर्थिक परिवेश

 १४ असार, भैरहवा ।  सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीको लगानीमा भैरहवामा पाँचतारे होटल सिद्धार्थ भिलासा सञ्चालनमा आएको छ ।

साढे २ अर्ब रुपैयाँ लगानीमा चार बिघा क्षेत्रफलमा निर्माण भएको उक्त होटलमा विभिन्न सेवाहरू सहित ८५ कोठा सहितको लुम्बिनी घुमघाम गर्न आउने पर्यटक र व्यापारिक वर्गलाई लक्षित गर्दै पाँच तारे होटल निर्माण गरिएको हो ।

विगत लामो समयदेखि कटेज रेस्टुराँ, तीनतारे र चार तारे स्तरका होटल सञ्चालन गर्दै आएको यस ग्रुपको ४ बिघा क्षेत्रफलमा फैलिएको यो पहिलो पाँचतारे होटल हो ।

कोरोना महामारी र आर्थिक मन्दीका कारण निर्माण ढिलाइ हुँदा लागत बढेको सिद्धार्थ ग्रुपका सिइओ कृष्ण न्यौपानेले बताउनुभयो ।

सो होटलमा नयाँपन ल्याउने उद्देश्यका साथ सबैभन्दा ठूलो ‘कन्फ्रेन्स हल’ निर्माण गरिएको छ। साथै होटलभित्रै ‘लक्जरियस’ क्यासिनो पनि सञ्चालन हुनेछ। जुन निर्माण भएर सञ्चालनका लागि सम्बद्ध कम्पनीलाई जिम्मा दिइसकिएको ग्रुपका सिइओ न्यौपानेले जानकारी दिनुभयो ।

सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटिले रुफ टप रेस्टुरेन्ट, स्विमिङ पुल, जिम, स्पा, साउना, ज्याकुजी सहितको हेल्थ क्लब सेवा, लंग टेनिस कोट, गार्डेन, पार्किङ सहित होटेल सञ्चालनमा आउँदा ३ सय कर्मचारीले प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा रोजगार पाएको होटेलका जनरल म्यानेजर काशीराम अधिकारीले जानकारी दिनुभयो ।

ग्रुप स्थापनाको २५औँ वार्षिकोत्सवमा सो नयाँ होटल गत बर्ष माघ २३ गते ‘सफ्ट लन्च’ भएको थियो ।

मा प्रकाशित