
१७ असोज, काठमाण्डौ । नेपालमा यही असोज १९ देखि २५ गतेसम्म विश्व लगानीकर्ता सप्ताहको आयोजना गरिने भएको छ ।
धितोपत्र बजारका नियामकहरुको अन्तराष्ट्रिय संस्था आइएसकोको आव्हानमा नेपाल धितोपत्र बोर्डको संयोजनमा हुने सप्ताह अन्र्तगत देशका विभिन्न भागमा लगानीकर्ताहरुका लागि शिक्षा र सचेतना अभिवृद्धिका विभिन्न कार्यक्रमहरुको आयोजना गर्न लागेको नेपाल धितोपत्र बोर्डले जनाएको छ ।
विश्व लगानीकर्ता सप्ताह आयोजना गर्ने सन्र्दभमा नेपाल धितोपत्र बोर्डले धितोपत्र बजारका नवप्रवेशीहरुका लागि १० वँुदे सुझाव प्रकाशित गरेको छ ।
बार्डले सुझाव प्रकाशित गर्दै आफनो प्रतिफलको लक्ष्य र जोखिम बहन गर्न सक्ने क्षमताको सुक्ष्म विश्लेषण गर्न भनेको छ ।
बोर्डले अध्ययन गरेरमात्र लगानी गर्न,पहिले आफनो आपतकालीन बचत छुट्टयाउन र सानोसानो बचत रकमबाट लगानीको सुरुवात गर्न समेत आग्रह गरेको छ ।
बोर्डले धितोपत्रमा लगानी गर्दा सकेसम्म ऋण लिएर लगानी नगर्न तथा धितोपत्रको प्राथमिक बजारमा अंकित मूल्यमा निष्काशन भएका वा सामुहिक लगानी कोषको धितोपत्रबाट लगानी प्रारम्भ गर्न सुझाएको छ ।
त्यसतै लगानी प्रारम्भ गर्दा कम्पनी सम्बन्धी प्रकाशित गरिने आव्हानपत्र, विवरणपत्र अध्ययन गरी, कम्पनीको संस्थापक तथा व्यवस्थापन पक्ष, वित्तीय स्थिति र
क्रेडिट रेटिङ्कस्तर जस्ता समग्र पक्षहरुको अध्ययन तथा विश्लेषण गरी उपयुक्त लागेमा मात्र लगानी गर्ने निर्णयमा पुग्न पनि लगानीकर्ताहरुलाई बोर्डले सुझाएको छ ।
सप्ताहकाे अवसरमा सार्वजनिक सेवा प्रसारण रेडियाे नेपालबाट एक विशेष परिसम्वाद कार्यक्म समेत अायाेजना गरीएकाे नेपाल धिताेपत्र बाेर्डले जनाएकाे छ ।
मा प्रकाशित