३१ असार, काठमाडाै । नागरिक लगानी कोषले सहभागीहरुलाई नियमित ब्याजमा अत्तिरिक्त १ दशमलव ५ प्रतिशत थप प्रतिफल दिने भएको छ।
कोष सञ्चालक समितिले व्यवस्थापनको राय सिफारिश अनुसार त्यसताे निर्णय गरेको हो।
आर्थिक वर्ष २०७८/७९ को अन्तसम्ममा कोषमा मौज्दात रकम रहेका सहभागीहरुलाई उक्त आर्थिक वर्षको चैत मसान्तसम्मको मौज्दातमा सो प्रतिफल दिने निर्णय भएको हो।
यसरी प्रतिफल वितरण गर्दा कोषले सञ्चालन गरेका सातवटा बचत कार्यक्रहरुमध्ये कर्मचारी बचत वृद्धि अवकाश कोषका सहभागीहरुलाई १ अर्ब ८१ करोड रुपैयाँ खर्च हुने कोषका सूचना अधिकारी उद्धव सिलवालले बताउनु भयाे ।
अन्य छ वटा कोषहरुमा पनि यस कोषकै आधारमा थप प्रतिफल वितरण गर्ने प्रक्रियामा रहेको काेषले जनाएकाे छ ।
मा प्रकाशित