कर्मचारी संचय कोषले साउन एक गतेदेखि ब्याजदर घटाउने

आर्थिक परिवेश

३१ असार, काठमाडौ ।  कर्मचारी संचय कोषले अगामी साउन एक गतेदेखि सञ्चयकर्ता कोष, निवृतभरण कोष र सापटी कर्जामा लिने ब्याजदर घटाउने भएको छ ।

कर्मचारी सञ्चय कोषको असार ११ गतेको बोर्ड बैककले व्याजदर घटाउने निर्णय गरी साउन १ गतेबाट लागु हुने भएको हो ।

कोषले साउन १ गतेबाट ब्याज घटाउने निर्णय कार्यान्वयन गर्न सम्वद्ध निकायहरुलाई परिपत्र गरेको कोषको मानव संशाधान व्यवस्थापन विभागका प्रमुख प्रवन्धक दामोदरप्रसाद सुवेदीले जानकारी दिनु भयो ।

साउन १ गतेदेखि लागू हुने यो व्यवीथा अनुसार सञ्चयकर्ता कोष र निवृतभरण कोषमा प्रदान गर्ने बार्षिक ब्याज ७ं.५०प्रतिशत, सञ्चयकर्ता विशेष सापटीमा ८.६० प्रतिशत,घर सापटी शैक्षिक सापटी र घर मर्मत सापटीमा ९.२५ प्रतिशत ब्याज लिने व्यवस्था गरिएको छ ।

त्यसै गरी सञ्चय कोषले धितोमा आधारित सञ्चयकर्ता कर्जाको त्रैमासिक रुपमा ब्याज चुक्ता गर्ने सञ्चयकर्ताको हकमा ब्याज चुक्ता गरेको त्रैमासको लागि तोकिएको ब्याजदरमा ०.२५ प्रतिशतले छूट दिने समेत निर्णय गरेको छ ।

मा प्रकाशित