राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३४ औं वार्षिकोत्सव विविध कार्यक्रम गरी सम्पन्न

आर्थिक परिवेश

०७ असार, काठमाडाैं ।  राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३४ औं वार्षिकोत्सव कार्यक्रम विविध कार्यक्रमकाबीच सम्पन्न भएको छ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले एक समारोहका बीच ३४ औं वार्षिकोत्सब मूल कार्यक्र्रमको उद्घाटन गर्नु  भएकाे थियाे ।

सो अवसरमा महासचिव पोखरेलले उत्कृष्ठ कार्यसम्पादनमा आफ्नो क्षमता प्रमाणित गरी सकेका संस्थानहरुका कर्मचारीको सेवा सुविधा बृद्धिमा सरकारले सहयोगपूर्ण रुपमा हेर्ने नीति लिनुपर्ने बताउनु भयाे  ।

कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालका अध्यक्ष लक्ष्मीप्रसाद पाण्डेयले कर्मचारीहरुको तर्फबाट उचित ढङ्गले राखिएका सम्पूर्ण मागहरु व्यवस्थापनले सम्बोधन गर्नुपर्ने बताउनु भयाे  ।

कार्यक्रममा पेशागत महासंघ नेपालका अध्यक्ष पुण्यप्रसाद ढकालले आफ्नो हक हितको लागि सम्पूर्ण पेसाकर्मीहरु एक हुनुपर्नेे बताउनु भयाे  ।

सो कार्यक्रममा बैंक, बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघ नेपालका राष्ट्रिय समितिका अध्यक्ष धर्मराज मैनाली, प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, कर्मचारी संघ नेपालका पूर्व अध्यक्ष शिवकुमार अधिकारी, नेपाल वित्तीय संस्था कर्मचारी संघ रावा बैंकका अध्यक्ष ईश्वर बहादुर सिंह, नेपाल राष्ट्रिय कर्मचारी संगठन रावा बैंकका अध्यक्ष दिपेन्द्र कार्कीले शुभकामना मन्तव्य व्यक्त गर्नु भएकाे थियाे  ।

कार्यक्रममा पेसागत हक, हित तथा सस्थाको सम्बद्र्धनका विषयमा ब्यापक रुपमा विषयहरु उठान गरिएको थियो।

संघका विभिन्न प्रदेश समितिहरुमा समेत विविध कार्यक्रम गरी वार्षिकोत्सव कार्यक्रम मनाइएको छ।

वार्षिकोत्सव कार्यक्रमकाे अवसरमा साउन ४ गते आयोजित रक्तदान कार्यक्रममा ७१ जना बैंक कर्मचारीहरुले रक्तदान गरेका थिए। कार्यक्रममा गण्डकी प्रादेशिक समितिलाई कार्यसम्पादन मुल्याङ्कनमा उष्कृष्ठ भए पावत रनिङ शिल्ड प्रदान गरिएको थियो।

साथै, सो अवसरमा म्युजिकल चेयर खेल प्रतियोगिता संचालन गरिएको थियो। सो खेलमा प्रथम बसन्ता पन्थी, द्धितीय भावना शर्मा र तृतीय गंगा भुर्तेल भए।

विजयी प्रतियोगीहरुलाई प्रमुख अतिथिबाट पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो। वार्षिकोत्सवको अवसरमा राविया नेपाल रिलिफ फण्डको सहयोगार्थ शनिवार काठमाडौंमा राविया सांस्कृतिक साँझ–२०८० समेत आयोजना गरिएको छ।

मा प्रकाशित