नेपाली व्यवसायी लामिछाने प्रतिष्ठित अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित

आर्थिक परिवेश

१९ साउन, लन्डन । बेलायतस्थित नेपाली व्यवसायी एवम् समाजसेवी रविन्द्रजंग लामिछाने एक प्रतिष्ठित अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित हुनु भएकाे छ।

दक्षिण अफ्रिकी नेता नेलशन मण्डेलाप्रति श्रद्धाञ्जली व्यक्त गर्न बेलायती संसदमा राखिएको ‘हाउस अफ कमन मेमोरियल बुक’ स्थापनाको २५ औं वर्षको अवसरमा उहाँलाइ ‘फिन इन्टरनेशनल एन्ड फोर्ब्स् बेस्ट अफ अफ्रिका’ सम्मानबाट सम्मानित गरिएकाे हाे ।

मन्डेला दिवसको सन्दर्भ पारेर गतसाता लन्डन हिल्टन होटलमा आयोजित विशेष समारोहमा लामिछानेलाई ’लिडिङ फिलान्थ्रोपिस्ट अफ द इयर २०२३’ अवार्डले सम्मान गरिएको हो।

वेष्ट इन्डिजका पूर्व कप्तान समेत रहेका चर्चित पूर्व क्रिकेटर सर क्लाइभ ह्युबर्ट लोयड ‘सिबीई एओ’ले उहाँलाई सम्मान हस्तान्तरण गर्नु भयाे ।

लामिछाने बेलायतमा फेशन उद्याेगका स्थापीत व्यवसायी हुनुका साथै त्यहाँ उहाँले सामाजिक कार्यमा पुर्‍याएको विशिष्ट योगदानको कदरस्वरूप यो साे सम्मान प्रदान गरिएको हो। सो अवसरमा लामिछानेसँगै विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने कुल ४० व्यक्तित्वलाई सम्मान  गरिएको थियो।

सम्मानित हुनेमा बेलायती मन्त्री, सांसद, सेलिब्रेटीहरूदेखि भारतीय मूलका ब्रिटिश धनाड्य गोपी हिन्दूजाकी छोरी रितु हिन्दूजासम्म छन्।

यसैबीच, विश्वका झन्डै ७ सय प्रभावशाली व्यक्तित्व एवम् सेलिब्रेटीले हस्ताक्षर गरेको हस्तलिखित ‘हाउस अफ कमन नेल्सन मन्डेला मेमोरियल बुक’ मा लामिछानेले पनि हस्ताक्षर गर्नु भएकाे छ । साे  पुस्तिकामा हस्ताक्षर गर्ने यसअघि कुनै पनि नेपाली थिएनन्।

बेलायती अभियानकर्मी निक क्यारमको पहलमा स्थापित पुस्तिकामा अमेरिकी पूर्व राष्ट्रपति बराक ओबामा, बेलायती पूर्व प्रधानमन्त्रीहरू टोनी ब्लेयर र डेभिड क्यामरनदेखि चर्चित फुटबलर डेभिड बेकह्याम, संयुक्त राष्ट्रसंघका पूर्व महासचिव कोफी अन्नानसम्मले श्रद्धाञ्जली सन्देश लेखेका छन्।

राजनीति, कला, संगीत, खेलकुद,व्यवसायलगायतका विविध क्षेत्रमा अन्तर्राष्ट्रियस्तरमै ख्यातिप्राप्त व्यक्तित्वहरूको सन्देश  पुस्तिकामा समेटिएको छ।

पुस्तिका संस्थापक क्यारमले एक प्रेस वक्तव्य जारी गर्दै बेलायतस्थित नेपाली व्यवसायी रविन्द्रजंग लामिछानेले उक्त पुस्तिकामा पहिलो नेपालीका रूपमा सन्देश लेखेको जानकारी दिनु भएकाे छ ।

पुरस्कृत  भए पछि लामीछानेले २० औं शताब्दीका नायक नेलशन मण्डेलाप्रति समर्पित पुस्तिकामा  पछिल्लो हस्ताक्षरकर्ता नेपाली बनेकोमा  गौरव लागेको बताउनु भयाे

मा प्रकाशित