गैर आवासीय नेपाली संघको निर्वाचनका लागि उम्मेदवारी घाेषणा गर्ने क्रम शुरू

आर्थिक परिवेश

०४ भदाै, काठमाडाैं । आगामी अक्टोबरमा हुने गैर आवासीय नेपाली संघको निर्वाचनका लागि उम्मेदवारी घाेषणा गर्ने क्रम शुरू भएकाे छ  ।    काठमाडाैमा हुने गैर आवासीय नेपाली संघकाे विश्व सम्मेलनकाे क्रममा  आगामी  दुइ बर्षे कार्यकाल सन् २०२३–२५  लागि  हुने निर्वाचनका लागि अध्यक्षमा हालका उपाध्यक्ष महेश श्रेष्ठले  उम्मेदवारी दिने घोषणा गर्नु भएकाे छ ।

एनआरएनए युकेको नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिन आइतबार लण्डनमा  आयोजित कार्यक्रममा उपाध्यक्ष श्रेष्ठले एनआरएनएको जननी मुलुक बेलायतबाट आफ्नो उम्मेदवारी घोषणा गर्न पाउँदा साह्रै खुसी लागेको बताउनु भयाे ।  उनले विस्तृत एजेन्डा सहित छिट्टै नेपालबाट औपचारिक घोषणा गर्ने पनि जानकारी दिनु भयाे  ।

संघका महासचिव डा केशव पौडेलले आफू अध्यक्ष पदको आकांक्षी हुँदै गर्दा पनि संघको बृहत् एकतालाई ध्यानमा राखी एक कदम पछाडी हटेर भए पनि अब केन्द्रीय उपाध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको बताउनु भयाे  ।

उपाध्यक्ष नारायण आचार्यले पनि सहमतिको आधारमा सबैलाई समेट्न सक्ने नेतृत्व चयन गर्न आग्रह गरे। उनले उपाध्यक्ष पदमै आफुले फेरि उम्मेदवारी दिन चाहेको बताउनु भयाे ।  त्यस्तै  उपाध्यक्ष हेमराज शर्माले आफु पनि  सहकार्य र सहमतिको आधारमा केन्द्रको नयाँ नेतृत्व चयन गर्ने पक्षमा रहेको उल्लेख गर्नु भयाे ।

यसैगरी महासचिव पदमा उम्मेदवारी घोषणा गरेका एनआरएनए अमेरिकाका पूर्व अध्यक्ष बुद्धि सुवेदी,  एनआरएनएको सचिव पदमा उम्मेदवारी घोषणा गरेका एनसीसी  पोर्चुगलका पूर्व अध्यक्ष भिम कमल केसी, एनआरएनए क्यानाडाका पूर्व अध्यक्ष दिपक गौतमले पनि संघमा एकता र सहकार्य अरु बढी आवश्यक रहेकोमा जाेड दिनु भयाे  ।

कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष कुल आचार्यले तीनजना अध्यक्ष भए पनि आफुहरुले संस्थाको मर्यादा जोगाएर काम गरीरहेको  र आगामी कार्यकालका लागि  गैर आवासीय नेपाली  संघलाइ एकीकृत गराएर अघि बढाउन र सकेसम्म सहमतिमा अघि बढन अाग्रह गरेकाे बताउनु भयाे ।

त्यस्तै युवा उपाध्यक्ष राज रेग्मीले एनआरएनएले मध्यपूर्वमा कार्यरत २० लाख भन्दा बढी नेपालीहरुको एजेन्डालाई अगाडि बढाउनु पर्ने आवश्क्ता अाैल्याउनु भयाे  ।

 

मा प्रकाशित