५१ वटा तिब्र विद्युत भरण केन्द्र उद्घाटन, विद्युतीय सवारी विकासमा नयाँयात्रा : ऊर्जामन्त्री

आर्थिक परिवेश

२० भदौ. काठमाडौं ।   नेपाल विद्युत प्राधिकरणले देशका विभिन्न स्थानमा निर्माण गरेको ५१ वटा विद्युतीय सवारी साधनको अत्याधुनिक  तिब्र विद्युत भरण केन्द्रहरूकाे  उद्घाटन गरिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेत र सचिव दिनेशकुमार घिमिरेले संयुक्त रुपमा काठमाडौंको नेपाल पुलिस क्लब भृकुटीमण्डपमा स्थापना गरिएको फाष्ट चार्जिङ स्टेसनका उद्घाटन गर्नुभयो ।

प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलीयतर्पूण ऋण तथा नर्वे सरकारको प्राविधिक सहयोगमा विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजनाअन्तर्गत सात प्रदेशका मुख्य राजमार्ग,बसपार्क र ठूला सहरहरुमा ५१ वटा विद्युतीय सवारी साधन छिट्टो चार्ज गर्न मिल्ने चार्जिङ स्टेसन निर्माण गरिएको हो ।

करिब ४० करोड रुपैयाँ लागतमा निर्माण गरिएका चार्जिङ स्टेसन मध्ये २६ वटामाठूला बस, माइक्रो, ट्रक, पिकअपतथा कार र २५ वटामा साना÷ ठूला कारहरु चार्ज गर्न मिल्ने छन् ।

उद्घाटन कार्यक्रममा मन्त्री बस्नेतले ५१ वटाचार्जिङ स्टेसन सञ्चालनमाआउनु विद्युतीय सवारी साधनको यात्रा हरित, स्वच्छ ऊर्जा खपतमार्फत कार्वन उत्सर्जन तथा जलवायु परिवर्तनका प्रभावहरु न्यूनिकरणमार्फत देशको दीगो विकासमा महत्वपूर्ण पाइला भएको बताउनुभयो ।

विद्युतीय सवारी साधानको प्रवर्धनमा नीतिगत तथा कानुनी व्यवस्थाका लागि सरकारले काम गरिरहेको उल्लेख गर्दै बस्नेतले विद्युतीय गाडी नेपालमै उत्पादन गर्नका लागि लगानीकर्तालाई आकर्षित गर्न कार्य भइरहेको बताउनुभयो ।

आन्तरिक रुपमा विद्युत खपत बढाउने महत्वपूर्ण क्षेत्र यातायात भएको उल्लेख गर्दै ऊर्जा सचिव घिमिरेले विद्युतीय सवारी साधनको प्रयोगले प्रति व्यक्ति ऊर्जा खपत बढाउन सहयोग पुग्ने बताउनु भयो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय सवारी साधनको प्रयोगलाई प्रवर्धन गर्न चार्जिङ स्टेसन स्थापना गरिएको बताउनु भयो ।


विद्युतीय सवारी साधन पेट्रोलियम पदार्थबाट चल्ने भन्दा १५र२० गुणा सस्तो पर्ने उल्लेख गर्दै घिसिङले यसबाट देशको वैदेशिकमुद्रा सञ्चितिमा पनि सकारात्मक योगदान पुग्ने बताउनु भयो ।

उहाँले प्राधिकरणले देशभर थप ५सय वटाचार्जिङ स्टेसन स्थापना गर्न लागेको उल्लेख गर्नुभयो ।

एसियाली विकास बैंककी दक्षिण एसिया ऊर्जा महाशाखा प्रमुख सुजाता गुप्ताले कार्वन उत्सर्जन घटाउने यातायात महत्वपूर्ण क्षेत्र भएकाले विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्ने पूर्वाधार निर्माणमा जोड दिनुभयो ।

चार्ज गर्दा कारहरुमा औसत सत्तरी पैसा, एसयूभिहरुमाअसी पैसा, माइक्रो बसमा नब्बे पैसा र बसहरुमा एक रुपैयाँ बीस पैसा प्रतिकिलोमिटर खर्च लाग्ने छ ।

नेपालमा उपलब्ध सवारी साधनहरुमा रहेको व्याट्री क्षमता अनुसार कम्तीमा आधा घण्टादेखि १ घण्टासम्ममा चार्ज पूर्ण हुन सक्छ।

आन्तरिक रुपमा विद्युतको खपत बढाउन, पेट्रोलियम पदार्थको खपत कम गरी आयात घटाउन र विद्युतीय सवारी साधन प्रयोग मार्फत वातावरण मैत्री यातायात प्रणालीको विकासका चार्जिङ स्टेसन स्थापना गरिएको हो ।

हरेक चार्जिङ स्टेसनमा १४२ किलोवाट क्षमताको चार्जर, त्यसमा विद्युत आपूर्तिका लागि ५० केभीएको ट्रान्सफर्मर,अनलाइन विलिङ प्रणालीको जडान गरिएको छ ।

चार्जिङ स्टेसनमाछिटो चार्ज गर्न मिल्ने ६०÷६० किलोबाटकाडिसी र २२ किलोवाटका एसी चार्जरहरु राखिएका छन् ।

यसबाटठूला बस सहित तीनवटा सवारी साधनले एक साथचार्ज गर्न सकिने छ ।

चार्जिङ स्टेसन निर्माण आपूर्ति, जडान, परीक्षण,सञ्चालन र मर्मत सम्भारका लागि वाङवाङ डिजिटलइनर्जी कर्पोरेसन लिमिटेड,जियाङ्सु, चीनसँग ३७ करोड ७९ लाख ५५ हजार रुपैयाँमा (करबाहेक) ठेक्का सम्झौताभएको थियो ।

सञ्चालनमाआएको ५ वर्षसम्म चार्जिङ स्टेसनको मर्मतसम्भार ठेकेदारकम्पनीले नै गर्ने छ ।

३ सय भन्दा बढी चार्जरलाई सेवा दिन सक्ने गरी प्राधिकरणको डाटा सेन्टरमा चार्जिङ स्टेसनको सफ्टवेयर राखिने छ ।

५१ वटै स्टेसनको कन्ट्रोल काठमाडौँबाट हुनेछ । सवारी साधनको चार्ज गरि सके पछि ग्राहकले क्यूआर कोड र मोवाइल एप मार्फत बिलको भुक्तानी गर्न सक्नेछन् ।

मा प्रकाशित