श्रीङ्काले ६ महिनामा भित्र्यायाे तीन अर्ब ८० करोड विप्रेषण (रेमिट्यान्स)

आर्थिक परिवेश

२३ भदाै, काेलाेम्बाे  ।  श्रीङ्काले यस बर्षको पहिलो ६ महिनामा तीन अर्ब ८० करोड विप्रेषण (रेमिट्यान्स) भित्रिएको शनिबार जनाएको छ।

जनवरीदेखि अगष्टसम्मको अवधिमा यहाँका आप्रवासी कामदारले तीन अर्ब ८० करोड अमेरिकी डलर भन्दा बढी रकम पठाएकाे श्रम तथा वैदेशिक रोजगार मन्त्रालयले जानकारी गराएको छ।

‘यो बर्षको पहिलो छ महिनामा तीन अर्ब ८० करोड अमेरिकी डलर भन्दा बढी रकम पठाएका छन्, जुन अघिल्लो वर्षको तुलनामा ७४.४ प्रतिशतले बढी हो,’ श्रम तथा वैदेशिक रोजगारमन्त्री मानुषा नानायककाराले शनिबार जानकारी दिए ।

सामाजिक सञ्जाल एक्स (ट्वीटर)मा उनले अगस्टमा मात्रै करिब ५० करोड डलर रेमिट भएको बताएका छन्।

श्रीलङ्काको वैदेशिक रोजगार विभागमा दर्ता भई यस वर्षको सेप्टेम्बरको शुरुसम्ममा दुई लाखभन्दा बढी श्रीलङ्काली वैदेशिक रोजगारीका लागि मुलुकबाट बाहिरिएको मन्त्री नानायककाराले जानकारी दिए।

सन् २०२१ मा श्रीलङ्काका कामदारले कुल पाँच अर्ब ४९ करोड डलर पठाएका छन् भने सन् २०२२ मा करिब तीन अर्ब ८० करोड डलर कामदारले रोजगारी गुमाएका छन्।

श्रीलङ्काका लागि वैदेशिक राजस्वको प्रमुख स्रोतमध्ये श्रमिकको विप्रेषण पनि एक हो।

मा प्रकाशित