१७ कार्तिक, काठमाडाैं । नेपाल र दक्षिण काेरियाबीच कृषि तथा पशुपन्छी विकासका क्षेत्रमा सहकायर् गर्ने गरी दुर्इपक्षीय समझदारी भएकाे छ ।
कृषि मन्त्रालयमा दुइ देशका कृषि सम्वध्द मन्त्रालयबीच कृषि क्षेत्रका विविध विषयमा प्राविधिक सहकार्यका लागि समझदारी पत्र (Memorandum of Understanding) मा हस्ताक्षर भएकाे हाे ।
समझादारी पत्रमा नेपालको तर्फवाट कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसाल र गणतन्त्र कोरियाका तर्फवाट कृषि, खाद्य र ग्रामीण मामिला मन्त्री चुङ्ग व्हाङ्गक्वुनले हस्ताक्षर गर्नुभयो ।
समझदारीकाे उद्देश्य दुवै पक्षले आ-आफ्नो राष्ट्रिय कानून र नियमावली बमोजिम दुई देशबीचको कृषि विज्ञान तथा प्रविधि, कृषि तथा पशुपन्छी उत्पादन, कृषि प्रशोधन र कृषि उत्पादनको क्षेत्रमा सहयोगलाई सुदृढ ढंगले अगाडि बढाउनु रहेको छ ।
समझदारी पत्रको कार्यान्वयनवाट कृषि तथा पशुपन्छी क्षेत्रको अध्ययन, अनुसन्धान तथा विकास, पूर्वाधार विकास र क्षमता अभिबृद्धिमा दुई देश बिचको सहयोग र सहकार्य गर्न सकिनेछ ।
नेपाल कृषि अनुसन्धान परिषद र कोरियाको कृषि अनुसन्धान परिषद बीचको सहकार्यमा कृषि क्षेत्रको अनुसन्धानका कार्यहरु अगाडी बढाउने अवसर श्रृजना हुनेछ ।
दुई देशका कृषि विश्वविद्यालयहरुको सहकार्यमा कृषि अनुसन्धान तथा अध्ययनकाकार्यहरु अगाडी बढाउन सकिनेछ ।
दुई देश बिचको सहयोग र सहकार्यमा कृषि तथा पशुपन्छी विकासको क्षेत्रमा विषेश गरि संरक्षित कृषि, उच्च मूल्य जाने कृषि उपजको उत्पादन, प्रशोधन र बजारीकरण, दुग्ध व्यावसाय लगायतका क्षेत्रमा थप कार्य गर्न सकिनेछ ।
कृषि पूर्वाधारहरुको विकास, तालिम केन्द्र निर्माण, कृषि बजार बिकासमा सहकार्य गर्न सकिनेछ ।
कृषि क्षेत्रसंग सम्बन्धित प्राविधिक मानव संशाधन, युवा कृषकहरु तथा निजी क्षेत्रमा कृषि उद्यमीहरुको क्षमता अभिबृद्धि गर्न सकिनेछ ।
नेपाली कृषि स्नातक विद्यार्थी तथा युवा कृषकहरुको लागि सिक्ने र कमाउने अवसरको लागि कोरिया राम्रो गन्तव्य हुन सक्नेछ ।
नेपालमा विशेषगरी कृषि र पर्यटनको क्षेत्रमा लगानीको सम्भावना भएको हुनाले कोरियाको विशेषज्ञता तथा सहयोग यस क्षेत्रको विकासको लागि महत्वपूर्ण हुनेछ ।
उहाँले समझदारीले गणतन्त्र कोरिया सरकारबाट रेशम खेती प्रवर्द्धन, दुग्ध क्षेत्र विकास र तरकारीको मूल्य श्रृँखलाको विकासमा भएको सहयोगबाट नेपालले ठूलो लाभ लिएको तथा उन्नत आलुको विउ उत्पादन र हाईब्रिड धान उत्पादन प्रविधिमा सहकार्य गर्ने कार्य प्रक्रिया अगाडी बढाईएको जानकारी गराउनु भयो ।
गणतन्त्र कोरियाका कृषि, खाद्य र ग्रामीण मामिला मन्त्री चुङ्ग व्हाङ्गक्वुनले कोरिया सरकारले नेपाललाइ सधै Priority Partner Country को रुपमा लिएको र Korean International Co-operation Agency (KOICA) मार्फत नेपालको कृषि क्षेत्र लगायत अन्य विभिन्न क्षेत्रहरुमा सहयोग हुँदै आएको जानकारी गराउनुभयो ।
उहाँले कृषि क्षेत्रतर्फ पनि हालैमात्र Heifer Korea मार्फत नेपाललाइ उच्च प्रजनन मानका १०१ गाइहरू सहयोग स्वरुप उपलव्ध गराएको र तरकारी
तथा फलफूलको मूल्य श्रृंखला विकासका लागि Value Chain Development for Fruits and Vegetables (VCDP) नामक परियोजना सञ्चालन गरिएको स्मरण गराउनु भयाे ।
उहाँले भविष्यमा Korea Program for International Co-operation in Agricultural Technology (KOPIA) मार्फत कृषि क्षेत्रको अनुसन्धान तथा विकासमा थप सहयोग र सहकार्यका लागि प्रक्रिया अगाडि बढाइएको जानकारी दिनुभयो ।