मंगलवार पनि शेयर बजार दाेहाेराे अंकले घट्याे

आर्थिक परिवेश

०५ कार्तिक, काठमाडौँ ।  नेपाली शेयर बजारकाे परिसूचक नेप्से  मंगलबार पनि २३.८२ अंकले घटेको छ । बजारकाे काराेवार रकम पनि यस दिन  ठूलाे अन्तरले  घटेकाे छ  ।

कारोबार सुरु भएदेखि नै घट्न थालेको नेप्से परिसूचक अन्तिम समय सम्ममा १.२८ प्रतिशतको घटेसँगै १८२९ अंकमा आइपुगेको छ ।

परिसूचक निरन्तर घटेर बन्द हुँदा मंगलवार ३१ वटा कम्पनीहरूको सेयर मूल्यमा वृद्धि भएको छ । त्यस्तै २०१ कम्पनीहरूको सेयर मूल्य घट्दा ५ कम्पनीको मूल्य भने स्थिर छ ।

यसक्रममा मंगलवार  ९५ करोड ४ लाख ७९ हजार रुपैयाँ बराबरको ३६लाख ७५ हजार कित्ता सेयर किनबेच भएको छ ।

सेयर बजार घटेपनि आज मेन्छियान हाइड्रोपावरको सेयर मूल्य भने ८.१३ प्रतिशतले बढेको छ । यस्तै, बीपीडब्लु लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ७ प्रतिशतले बढेको छ ।

परिसूचक घटेको दिन आज माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडको सेयर मूल्यमा भने ९.९४ प्रतिशतको गिरावट आएको छ ।

मा प्रकाशित