मौद्रिक समीक्षाकाे प्रभाव : नेप्से परिसूचकमा उच्च अंककोे वृद्धि

आर्थिक परिवेश

०६ जेठ काठमाडौं ।    साताको कारोवारको पहिलो दिन आइतवार नेपाली शेयर बजारको परिसूचतक नेप्सेमा उच्च अंककोे वृद्धि भएको छ ।

नेपाल राष्ट्र बैङ्कले चालु आर्थिक वर्ष २०८०÷८१ को मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत कर्जा प्रवाह विस्तारमा केही लचिलो नीति लिएपछि त्यसको सकारात्मक प्रभाव पुँजी बजारमा देखिएको हो ।

आइतवार परिसूचक ४५ दशमलव ६९ अङ्कले बढेर दुई हजार ६४ दशमलव ४५ को बिन्दुमा कायम भएको छ ।

यस दिन तीन सय २३ कम्पनीहरुका एक करोड २२ लाख ४० हजार आठ सय दुई कित्ता सेयरहरु पाँच अर्ब २५ करोड १० लाख २५ हजार मुल्यमा किनबेच भएका छन् ।

यस दिन सबैभन्दा धेरै जीवन बीमा समूह चार दशमलव ३८ र निर्जीवन बीमा समूह तीन दशमलव ८१ प्रतिशतले बढेको छ ।

आइतवारको बजारमा चार वटा लघुवित्त कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

मा प्रकाशित