२९ साउन, काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भएको वृद्धिसँगै स्थानीय बजार पनि त्यसबाट प्रभावित भएको छ ।
लगातार उकालो लागेको सुनको मूल्यमा आजको वृद्धिपछि हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला रु एक लाख ५० हजार ८०० कायम भएको छ ।
सोमबार प्रतितोला छापावाल सुन एक लाख ४८ हजार ७०० मा कारोबार भएको थियो । चाँदीको मूल्य भने स्थिर छ । आज प्रतितोला चाँदी एक हजार सा त सय ४० मा कारोबार भइरहेको महासङ्घले बताएको छ