२० कार्तिक,काठमाडौ । नेपाली दूतावास क्यानडाले अन्तर्राष्ट्रिय पर्यटन तथा ट्राभल शो २०२४ मा सहभागी भइ नेपालको पर्यटन प्रवद्र्धन कार्य सम्पन्न गरेको जनाएको छ ।
आर्थिक कूटनीति कार्यक्रम अन्तर्गत यही १ देखि ३ नोभेम्बर २०२४ सम्म क्यानडाको मोन्ट्रियलको प्यालेस डेस कङ्ग्रेसमा आयोजना गरेको तीनदिने ३४औँ अन्तर्राष्ट्रिय पर्यटन तथा ट्राभल शो २०२४ मा सहभागी भएको त्यहाँस्थित नेपाली दुतावासले जनाएको छ ।
दूतावासले स्टल स्थापना गरेर पर्यटन प्रवद्र्धनात्मक सामग्री प्रदर्शनी र आगन्तुकहरूलाई वितरण गर्नुका साथै प्रदर्शनी अवधिभर नेपालको पर्यटनसँग सम्बन्धित मुद्रित सामग्री, वृत्तचित्र र दृश्य सामग्री समेत प्रर्दशन गरिएको थियो ।
नेपाली दुतावासको प्रर्दशनी कक्षमा चिया, कफी, पश्मिना सल, हस्तकला तथा नेपालको कलात्मक र सांस्कृतिक विविधता झल्काउने नेपाली उत्पादनहरू प्रदर्शनीमा राखिएको थियो ।
नेपाली स्टलमा ठूलो संख्यामा आगन्तुकहरु आएर नेपालको पर्यटकीय स्थलहरुको बारेमा विस्तृतमा जानकारी लिनु भएको थियो ।
सहभागिहरुले नेपालको मौसम,तापक्रम,कनेक्टिभिटी र नेपालले सबै उमेर समुहका आगन्तुकहरुको हितलाई ध्यानमा राख्ने नराख्ने वारेमा उत्सुक्तापूर्वक जानकारी लिनु भएको थियो ।
यो अन्तर्राष्ट्रिय पर्यटन मेला क्यानाडामा आयोजना हुने सबैभन्दा ठूलो पर्यटन प्रवर्द्धन गर्ने कार्यक्रम मध्ये एक हो ।
मा प्रकाशित