२७ असाेज, काठमाडौँ । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विनिमय दरअनुसार आज अमेरिकी डलर, युरो र पाउन्ड स्ट्रलिङ लगायतका अधिकांश विदेशी मुद्राको मूल्य अघिल्लो दिनको तुलनामा घटेको (ओरालो लागेको) छ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ९४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५४ पैसा निर्धारण गरिएको छ ।
त्ययतै युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ०३ पैसा र बिक्रीदर १७१ रुपैयाँ ७० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०२ रुपैयाँ ४२ पैसा र बिक्रीदर २०३ रुपैयाँ २२ पैसा रहेकाे छ ।
स्वीस फ्र्याङ्क एकको खरिददर १८३ रुपैयाँ ५९ पैसा र बिक्रीदर १८४ रुपैयाँ ३१ पैसा रहेकाे छ भने अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ६१ पैसा र बिक्रीदर १०७ रुपैयाँ ०३ पैसा रहकाे छ ।
क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ २२ पैसा र बिक्रीदर १०७ रुपैयाँ ६५ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११९ रुपैयाँ ४१ पैसा र बिक्रीदर ११९ रुपैयाँ ८८ पैसा तोकिएको छ ।
जापानी येन १ को खरिददर नौ रुपैयाँ ६४ पैसा र बिक्रीदर नौ रुपैयाँ ६८ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ८५ पैसा र बिक्रीदर २२ रुपैयाँ ९४ पैसा निर्धारण गरिएकाे छ ।
साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ७२ पैसा र बिक्रीदर ४० रुपैयाँ ८८ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ९६ पैसा र बिक्रीदर ४२ रुपैयाँ १२ पैसा कायम भएको छ ।
एशियाली देशका मुद्राहरू
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ५५ पैसा र बिक्रीदर चार रुपैयाँ ५७ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ६४ पैसा र बिक्रीदर ४१ रुपैयाँ ८० पैसा निर्धारण भएकाे छ ।
मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५३ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ ४८ पैसा र बिक्रीदर ११ रुपैयाँ ५२ पैसा कायम भएकाे छ ।
स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ २६ पैसा र बिक्रीदर १५ रुपैयाँ ३२ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ८८ पैसा र बिक्रीदर २२ रुपैयाँ ९७ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ४९ पैसा र बिक्रीदर १९ रुपैयाँ ५७ पैसा, कुवेती दिनार एकको खरिददर ४९६ रुपैयाँ ३२ पैसा र बिक्रीदर ४९८ रुपैयाँ २६ पैसा तय भएकाे छ ।
बहराइन दिनार एकको खरिददर ४०४ रुपैयाँ ८२ पैसा बिक्रीदर ४०६ रुपैयाँ ४१ पैसा, ओमनी रियाल एकको खरिददर ३९७ रुपैयाँ २२ पैसा र बिक्रीदर ३५८ रुपैयाँ ७८ पैसा रहेको छ ।
भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।
वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।
