अष्ट्रेलियाको आर्थिक नगर मेलबर्नमा मेड इन नेपाल मेला सम्पन्न

आर्थिक परिवेश

०२ पुष काठमाण्डौ ।   अष्ट्रेलियाको आर्थिकनगर मेलबर्नमा शनिबारबाट भएको मेड ईन नेपाल एक्स्पो नेपालका उत्पादनहरुको बजारीकरण गर्दे सम्पन्न भएको छ ।

अष्ट्रेलियाका नेपाली संघ संस्थाहरुको सहयोगमा नेपाली महिला उद्यमी महासंघले आयोजना गरेको मेलामा नेपालमा निर्मित सामग्रीहरुको प्रदर्शनी र बिक्री गरिएको थियो ।

मेला तथा प्रदर्शनीको भिक्टोरिया राज्यको मेरीब्रोनांग सिटी काउन्सिलका मेयर प्रदिप तिवारीले शुभारम्भ गनर्् हुँदै नेपाली उत्पादनका सामाग्रीहरु अष्ट्रेलियाको मेलबर्नमा बिकि वितरणमा सहजीकरण गर्न सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो ।

गैर आवासीय नेपाली संघका पूर्वअध्यक्ष शेष घलेले अष्ट्रेलियामा नेपाली समुदाय तथा स्थानीय समुदाय बीच नेपाली उत्पादनको बजारीकरण गर्न प्रर्दशनीले सहयोग गर्ने बताउनु भयो ।

 

उहाँले नेपाली सामान प्रबद्र्धन गर्ने कार्यक्रम अष्ट्रेलियामा अझै व्यापक बनाउनु पर्ने सुझाव दिदै आफुहरुले समेत सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो ।

कार्यक्रममा महिला उद्यमी महासंघ नेपालकी अध्यक्ष शोभा ज्ञवालीले नेप्को ईन्टरटेन्मेन्टसँगको सहकार्यमा मेलबर्नमा गरेको प्रदर्शनीले ऐतिहासिक महत्व राखेको भन्दै आगामी दिनमा प्रर्दशनीलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

नेपाली तथा स्थानीय समुदायका व्यक्तिहरुको उल्लेख्य सहभागिता रहेको प्रर्दशनीमा नेपाली हस्तकलाका सामानहरु, ढाका, अल्लो, मुर्तीकला र काष्ठकलाका सामानहरु राखिएको थियो ।

प्रर्दशनीलाई स्थानीय व्यवसायीहरुले निकै उत्साहका साथ हेरेको तथा त्यस क्रममा विभिन्न व्यवसायिक संस्थाहरुसंग आपसी समझदारी गरी नेपालमा उत्पादित सामानहरुको बजारिकरण तथा बिक्रि गर्ने विषयमा छुट्टै समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्य हाल जारी रहेको महासंघका अध्यक्ष ज्ञवालीले जानकारी दिनु भयो ।

 

मा प्रकाशित