सुन ताेलामा १५ सय रुपैयाले घट्याे

आर्थिक परिवेश

२१ पुष  काठमाडौँ ।    नेपाली बजारमा आइतवार सुनको मूल्य उच्च रकमले  घटेको  छ ।

आन्तरिक बजारको माग तथा आपूर्ति व्यवस्थापन र अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा देखिएको उतारचढावका कारण सुनको मूल्य आज प्रतितोला  एक हजार पाँच सयरुपैयाले  घटेको हो ।

शुक्रबार प्रतितोला  एक लाख ५३ हजार पाँच सय रुपैयामा कारोबार भएको छाप भएकाे सुन आइतवार प्रतितोला  एक लाख ५२ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

शुक्रवारको तुलनामा आज चाँदीको मूल्य भने स्थिर देखिएको छ । आज चाँदी प्रतितोला  एक हजार आठ सय १० रुपैयामा कारोबार भएकाे छ ।

मा प्रकाशित