गैरआवासीय नेपाली सङ्घले अन्तर्राष्ट्रिय युवा सम्मेलन आयाेजना गर्ने

आर्थिक परिवेश

 २९ पुष काठमाडौँ     गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले आगामी चैत १ र २ गते दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलन अायाेजना गर्ने भएको छ ।

एनआरएनएले आइतवार काठमाडाैृमा  पत्रकार सम्मेलन गरी अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्णयअनुसार थाइल्याण्डको बैंककमा उक्त सम्मेलन गर्न लागेको जानकारी दिएको हो ।

एनआरएनएका अध्यक्ष डा बद्री केसीले विदेशमा रहेका युवा र दोस्रो पुस्ताका गैरआवासीय नेपालीलाई अपनत्व महसुस गराई मातृभूमिसँग जोड्न सम्मेलन गर्न लागेको बताउनुभयो ।

यसैगरी एनआरएनएले आगामी चैत  ३ र ४ गते कम्बोडियाको न्होम पेन्ह सिटीमा १०औँ  एसिया–प्यासिफिक क्षेत्रीय सम्मेलन आयोजना गर्ने भएको छ । यसपटक सङ्घले एसिया–प्यासिफिक क्षेत्रीय सम्मेलनलाई ‘सङ्गम’ नामकरण गरेको छ ।

सम्मेलनले नेपाली प्रवासी युवा,पिएनओज्, र नेपालका स्थानीय युवाहरू बीच मजबूत साझेदारी स्थापना गर्ने, युवामा सशक्तिकरण र नवप्रवर्तनको संस्कृतिलाई प्रेरित गर्नका लागि संघर्ष अनि सफलताका कथा र सिकाइहरूको आदान–प्रदान गर्ने साझा मञ्च प्रदान गर्ने अपेक्षा राखिएको छ।
सम्मेलनको मूल समारोह समिति युवा उपाध्यक्ष रोशन थापाको संयोजकत्व तथा पिएनओज् विभागका ईन्चार्ज तथा उपाध्यक्ष रामशरण सिमखडाको निर्देशाकत्वमा तयारी तीव्र रुपमा अघि बढाइएको छ  ।
सम्मेलनले नेपाली प्रवासी युवाहरू र नेपालका स्थानीय युवाहरूबीच मजबुत सम्बन्ध स्थापना गर्दै  शिक्षा, रोजगारी र सामुदायिक विकासमा केन्द्रित सहकारी परियोजनाहरू निर्माण गर्न मद्दत
पुर्याउने, युवा बेरोजगारी, सीप विकास, र सुरक्षित आप्रवासन जस्ता महत्वपूर्ण समस्याहरू समाधान गर्न कार्यात्मक योजना प्रस्तुत गर्ने, सशक्त युवाहरूको नेटवर्क निर्माण गर्न सहयोग पुर्याउने अपेक्षा राखिएको छ  ।
मा प्रकाशित