०१ माघ,काठमाडौं । कृषि विकास बैंक लि.को आर्थिक वर्ष २०८०।८१ अठारौ वार्षिक साधरणसभा बैंकको केन्द्रिय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा सम्पन्न भएको छ ।
बृहत कार्य संजालद्धारा आफ्ना बस्तु÷सेवाहरुलाई देशका अति दुर्गम देखि सुगम ठाउँहरुमा २८२ वटा शाखाहरु मार्फत आधुनिक बैकिङ्ग सेवा पु¥याउदै आएको बैकले मुलुकको कृषि क्षेत्रको विकासमा योगदान गर्दै आएको छ ।
नेपालका बाणिज्य बैंकहरु मध्ये कृषिमा सबै भन्दा बढी लगानी गरेको कृषि विकास बैंक लि.को अठारौ बार्षिक साधरणसभा बैंक संचालक समितिका अध्यक्ष रामशरण पुडासैनीज्यूको अध्यक्षतामा सम्पन्न भएको थियो ।
साधरणसभामा सहभागी शेयरधनीहरुले उठाएका विभिन्र जिज्ञासका सम्बन्धमा संचालक समिति अध्यक्ष पुडासैनीले स्पष्ट पार्नुका साथै शेयरधनीहरुबाट प्राप्त सुझावहरुलाई नियमानुसार कार्यन्वयन गर्दै जाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
शेयरधनीहरुको वाक्लो उपस्थिती रहेको उक्त साधरणसभामा विभिन्न निकाय,संघ,संस्थाका प्रतिनिधि, बैंकमा कार्यरत उच्च व्यवस्थापक, कर्मचारीहरु र बैंक संचालक समितिका सदस्यहरु क्रमश दिर्घराज मैनाली, डा.हरी बहादुर के.सी., गोविन्द प्रसाद भट्टराई, संजिव पौडेल, प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ लगायतको उपस्थिती रहेदको थियो ।
मा प्रकाशित