सुनकाे मुल्य ताेलामा ११ सयले बढ्याे

आर्थिक परिवेश

०८ माघ, काठमाण्डौ ।    मंगलवार नेपाली बजारमा सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार एक सय रुपैयाले बढेको छ ।

सोमबार प्रतितोला एक लाख ५७ हजारमा किने भएको सुन मंगलवार एक लाख ५८ हजार एक सयमा किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस दिन चाँदी प्रतितोला १५ रुपैयाले बढेर प्रतितोला एक हजार आठ सय ७५ रुपैयामा किनबेच भएको छ ।

 

मा प्रकाशित