सुनको मूल्य तोलाको  एक लाख ७० हजार रुपैया पुग्याे

आर्थिक परिवेश

९ फाल्गुन  काठमाडौँ ।  शुक्रवार नेपाली बजारमा सुनको मूल्य तोलाको  एक लाख ७० हजार रुपैया कायम भै काराेवार  भएको छ ।

बिहीबार प्रतितोला एक लाख ७१ हजारमा खरिदबिक्री भएको सुन आज एक हजारले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यसैगरी, चाँदीको मूल्य रू पाँचले घटेको छ । आज चाँदी प्रतितोला  एक हजार नौ सय ९० मा किनबेच हुनेछ ।

आज अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुन दुई हजार नौ सय २८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

मा प्रकाशित