बाणिज्य बैकका प्रमुख कार्यकारी अधिकृतहरुसंग अर्थमन्त्रीकाे छलफल

आर्थिक परिवेश

१९ साउन, काठमाण्डौ ।    अर्थमन्त्री डा.स्वर्णीम वाग्लेले बजेटको कार्यान्यन,बैकमा थुप्रिएको रकमलाई उत्पादनशिल क्षेत्रमा लगानी गर्ने र लगानीकर्ता र अर्थतन्त्रको मनोविज्ञान जस्ता विषयमा बाणिज्य बैकका प्रमुख कार्यकारी अधिकृतहरुसंग छलफल गर्नु भएको छ ।

मगलवार अर्थमन्त्रालयमा भएको छलफलमा अर्थमन्त्री वाग्लले अर्थतन्त्रमा देखिएका समस्याहरुको समाधानका लागि गर्नु पर्ने सुधार इतिहास मै न्युनदरमा झरेको बजारदरको उचित प्रयोग लगायतका विषयमा सुझाव दिन पनि बैकर्सहरुलाई आग्रह गर्नु भयो ।

अर्थमन्त्री वाग्लेले अर्थतन्त्रको वास्तविक मनोविज्ञान, बजारको आत्मविश्वास, लगानीकर्ताको सोच र भविष्यप्रतिको अपेक्षा सबैभन्दा स्पष्ट रूपमा यहाँहरूले नै महसुस गर्नु भएकोले यस क्षेत्रका समस्या समाधानका लागि सिुझाव दिन आग्रह गर्नु भयो ।

बजेटमार्फत नेपालको आर्थिक रूपान्तरणका लागि एउटा स्पष्ट दिशा तय गरेको ले बजेट कार्यान्वयनसंगै अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न बैकसैहरुको अनुभव र सुझाव अपेक्षा गरेको बताउनु भयो ।

हामी सबैको साझा लक्ष्य नेपालको अर्थतन्त्रलाई पुनः गतिशील बनाउने, लगानी बढाउने,उत्पादन विस्तार गर्ने,रोजगारी सिर्जना गर्ने र निजी क्षेत्रको आत्मविश्वास पुनःस्थापित गर्ने रहेको अर्थ मन्त्रीले बताउनु भयो ।

बैंकिङ क्षेत्रसँगको आवधिक संवादका माध्यमबाट नेपालको वित्तीय प्रणालीलाई आर्थिक रूपान्तरणको नेतृत्वदायी साझेदार बनाउने गरी छलफल आयोजना गरिएको बताउनु भयो ।

छलफलमा विभिन्न बाणिज्य बैकका प्रमुख कार्यकारी अधिकृत तथा अर्थमन्त्रालयका उच्च अधिकारीहरुको सहभागिता रहेको थियो ।

मा प्रकाशित