६ जेठ, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुकाे सम्पत्ति शुद्धीकरणका शंकास्पद कारोबार ४९ प्रतिशतले बढेकाे पाइएकाे छ ।
नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइमा सन् २०२४ मा रिपोर्टिङ भएका शंकास्पद कारोबार संख्या २०२३ को तुलनामा ४९ प्रतिशत बढेको नेपाल राष्ट्र बैंकले जनाएकाे छ ।
सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ बमोजिम सूचक संस्थाहरूले इकाइमा सम्प्रेषण गरेका शंकास्पद कारोबार तथा गतिविधि प्रतिवेदनका अनुसार २०२३ मा ६ हजार २ सय ५५ शंंकास्पद कारोबार रहेकोमा २०२४ मा ९ हजार ३ सय ४ पुगेको छ ।
२०२४ मा इकाइले १ हजार ८ सय ९४ प्रतिवेदन विश्लेषण गरेकोमा तीमध्ये १ हजार ८६ वटा प्रतिवेदन थप अनुसन्धानका लागि कानुन कार्यान्वयन गर्ने/अनुसन्धानकारी निकाय तथा नियामकीय कारबाहीका लागि पठाएको छ ।
तीमध्ये ८ सय ८ प्रतिवेदन इकाइले भविष्यमा थप जानकारी प्राप्त भए पुनः विश्लेषण गर्ने गरी अभिलेखीकरण गरेको इकाइले जनाएको छ ।
मा प्रकाशित