
१२ साउन, काठमाण्डौ । नेपालस्थित विभिन्न मुलुकका अवैतनिक महावाणिज्यदूत तथा वाणिज्यदूतहरूको संस्था अवैतनिक कन्सुलर कोर–नेपाल (एचसीसीएन) को नेतृत्व नेपालका लागि बुल्गेरिया अवैतनिक वाणिज्यदूत भोलाविक्रम थापाले सम्हाल्नु हुने भएको छ ।
काठमाडौंमा सम्पन्न एचसीसीएनको १८ औँ साधारणसभाले प्रेसिडेन्ट ग्रुप अफ कम्पनीजका अध्यक्षसमेत रहेका थापालाई अर्को कार्यकालका लागि डीन चयन गरेको हो ।
थापाले सन् २०२५÷२६ अवधिका लागि एचसीसीएनको नेतृत्व सम्हाल्नु हुनेछ् ।
एचसीसीएनको निवर्तमान डीनमा इन्डोनेसियाका अवैतनिक वाणिज्यदूत चन्द्रप्रसाद ढकाल रहनु भएको छ भने भाइस डिनमा फिलिपिन्सका अवैतनिक महावाणिज्यदूत सुरज वैद्य, कोषाध्यक्षमा रोमानियाका अवैतनिक महावाणिज्यदूत नारायण बजाज रहनु भएको छ ।
एचसीसीएन कार्यकारिणी समिति सदस्यहरुमा स्लोभाक रिपब्लिकका अवैतनिक वाणिज्यदूत पासाङ्ग दावा शेर्पा, भियतनामका अवैतनिक वाणिज्यदूत राजेशकाजी श्रेष्ठ, इटालीका अवैतनिक महावाणिज्यदूत प्रतिमा राणा पाण्डे रहनु भएकाे छ ।
त्यसै गरी अन्य सदस्यहरुमा अवैतनिक महावाणिज्यदूत अरूण चौधरी र पेरुका अवैतनिक वाणिज्यदूत सुमित कुमार अग्रवाल निर्वाचित भएका छन् ।
एचसीसीएन कार्यकारिणी समितिमा आइसल्याण्डका अवैतनिक वाणिज्यदूत विदुषी राणा आमन्त्रित सदस्य रहेको घोषणा गरिएको छ ।
मा प्रकाशित