प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी भई स्वदेश फिर्ता

आर्थिक परिवेश

१० असाेज, काठमाडौँ ।    प्रधानमन्त्री बालेन्द्र शाह अमेरिकामा आयोजित संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई स्वदेश फर्किनुभएको छ ।

प्रधानमन्त्री शाह आज अपराह्न ४ः०० बजे अमेरिकाबाट स्वदेश फर्किनुभएको हो ।

प्रधानमन्त्री शाहले अमेरिकामा रहँदा असोज ८ गते बिहीबार संयुक्त राष्ट्रसङ्घीय महासभालाई सम्बोधन गर्नुभएको थियो ।

त्यस क्रममा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेस तथा विभिन्न देशका प्रतिनिधि एवं अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधिसँग भेटवार्तासमेत गर्नुभएको थियो ।

महासभामा सहभागी हुन प्रधानमन्त्री शाह गत मङ्गलवार अमेरिका प्रस्थान गर्नुभएको थियो ।

महासभामा उहाँले नेपालको प्राथमिकता र अन्तर्राष्ट्रिय समुदायसँगको सहकार्यबारे धारणा राख्नुभएको थियो । महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले नेपालमा हालै आएको भोटेकोशी–त्रिशूली बाढीलाई जलवायु परिवर्तनले निम्त्याइरहेको सङ्कटको उदाहरणका रूपमा प्रस्तुत गर्नुभएको थियो ।

उहाँले हिमाली क्षेत्रमा बढ्दो जोखिमप्रति अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउँदै जलवायु संकट सिर्जना गर्न कम योगदान गरेका नेपालजस्ता देशले त्यसको ठूलो मूल्य चुकाइरहेको धारणा राख्नुभएको थियो ।

मा प्रकाशित