०८ भदौ, काठमाण्डौ । आइतवार नेपाली बजारमा सुनको मुल्य उच्च रकमले बढेको छ ।
आइतवार नेपाली बजारमा सुनको मुल्य तोलमा दुई हजार ३०० र चाँदीमा ४० रुपैयाले बढेको छ ।
यस दिन सुन तोलाको एक लाख ९७ हजार ५०० रुपैयामा निर्धारण भइ कारोवार भएको छ । यस दिन चाँदी दुई हजार ३५० मा किनबेच भयो ।
शुक्रबार सुन तोलाको एक लाख ९५ हजार २०० रुपैयामा किनबेच भएको थियो भने त्यति नै परिमाणको चाँदी दुई हजार ३१० मा किनबेच भएको थियो ।
गत आर्थिक वर्ष २०८१/८२ मा सरकारको चालु खाता चार खर्ब नौ अर्ब २० करोडले बचतमा रहेको देखिएको छ । आव २०८०÷८१ मा चालु खाता दुई खर्ब २१ अर्ब ७१ करोडले बचतमा थियो ।
गत आवमा शोधनान्तर स्थिति पाँच खर्ब ९४ अर्ब ५४ करोडले बचतमा छ । आव २०८०÷८१ मा शोधनान्तर स्थिति पाँच खर्ब दुई अर्ब अर्ब ४९ करोडले बचतमा थियो ।
गत आवमा खुद पुँजीगत ट्रान्सफर नौ अर्ब ८४ करोड छ भने प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) १२ अर्ब दुई करोड बराबर भित्रिएको राष्ट्र बैंकले जनाएको छ ।
मा प्रकाशित