
१५ भदाै काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।
आइतबार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला दुई लाख तीन हजार ६०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
गत शुक्रबारको कारोबार मूल्यभन्दा आज सुनको मूल्य प्रतितोला तीन हजार रुपैयाले बढेको हो ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला दुई हजार ४२५ रुपैया कायम भएको छ ।
मा प्रकाशित