गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) ले  सञ्चार मन्त्रीसँग छलफल गरयाे

आर्थिक परिवेश

१० असाेज   काठमाडौँ ।   सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलसँग गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)का अध्यक्ष डा बद्री केसी नेतृत्वको प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ ।

मन्त्रालयमा आज भएको भेटमा एनआरएनका तर्फबाट अध्यक्ष डा केसीले संविधान संशोधनमार्फत गैर आवासीय नेपालीलाई पूर्ण अधिकारसहितको नागरिकता,

मताधिकारको सुनिश्चितता, लगानी सुरक्षाको प्रत्याभूति, शिक्षा, स्वास्थ्य, प्रविधि, पर्यटनलगायत क्षेत्रमा सीप र ज्ञान हस्तान्तरणका लागि नीतिगत व्यवस्था गर्न आग्रह गर्नुभयो ।

त्यसैगरी, वैदेशिक रोजगारमा जाने श्रमिकहरूको सामाजिक सुरक्षा र उनीहरूको सीप तथा पुँजीलाई स्वदेशमै उत्पादनमूलक क्षेत्रमा उपयोग गर्न सहजीकरण गर्नुपर्ने एनआरएनएको माग थियो ।

एनआरएनएले जेनजी प्रदर्शनपश्चात् गठित अन्तरिम सरकार सफल हुनेमा गैर आवासीय नेपालीहरू विश्वस्त रहेको उल्लेख गर्दै, मुलुकको समृद्धिका लागि सहकार्य गर्न आफूहरू सदैव तत्पर रहने प्रतिबद्धता व्यक्त गरेको छ ।

भेटमा एनआरएनएका सल्लाहकार टिबी कार्की, पूर्व आइसिसी सदस्य  सन्तोष भट्टराई, राष्ट्रिय समन्वय परिषद् इजरायलका पूर्व अध्यक्ष  दीपक ओली, कार्यकारी अधिकृत राजेन्द्रकुमार राउतलगायतको उपस्थिति थियो ।

मा प्रकाशित