
११ फागुन,काठमाण्डौ । नेपाली बजारमा सोमवार पनि सुनचाँदीकै मूल्य बढेको छ ।
आइतबार उच्च दरमा बढेको सुनचाँदीको मूल्य सोमवार पनि बढेको हो ।
आइतवार तोलामा ५६ सय रुपैयाँ बढेको सुनको मूल्य सोमवार ३२ सय बढेर तीन लाख १३ हजार पाँचसय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतवार सुनको भाउ तोलाको तीन लाख १० हजार तीनसय रुपैयाँ थियो । गएको बिहीबार पनि सुनको भाउ तोलामा ४३ सयले बढेको थियो ।
गएको सोमबारदेखि बुधबारसम्म लगातार घट्दै आएको सुनको भाउ फेरि उच्च दरमा बढ्न थालेको हो ।
गएको माघ १५ गते एकैदिन तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर सुनको भाउ तीन लाख ३९ हजार तीनसय रुपैयाँ कायम भएको थियो ।
आज चाँदीको मूल्य तोलामा १७० रुपैयाँले बढेको छ । मूल्य बढेर चाँदी आज तोलाको पाँच हजार पाँचसय ९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
मा प्रकाशित