आइतवार सुन र चाँदीको मूल्य उच्च रकमले घट्याे

आर्थिक परिवेश

०८ कार्तिक,काठमाण्डौ ।   नेपाली बजारमा आइतवार सुन र चाँदीको मूल्य उच्च रकमले घटेको छ ।

यस दिनसुन प्रतितोला ११ हजार ७०० रुपैयाले र चाँदी प्रतितोला २३० रपैयाले घटेर कारोवार भएको छ ।

आइतबार छाप भएको सुन प्रतितोला दुई लाख ७८ हजार ५०० र त्यति नै परिमाणको चाँदी तीन हजार ९५५ कायम भै किनबेच भएको छ ।

गत कात्तिक २ गते छाप भएको सुन प्रतितोला दुई लाख ९० हजार २०० र त्यति नै परिमाणको चाँदी चार हजार १८५ रुपैयामा कारोवार भएको थियो ।

दसैँ पर्वको कारणले करिब एक साता स्थानीय बजारमा सुनचाँदीको मूल्य निर्धारण गरिएको थिएन भने कारोवार खुलेको पहिलो दिनमा नै उच्च रकमले घटेर कारोवार भयो ।

 

मा प्रकाशित