स्टकमा सूचीकृत कम्पनीहरूले आफ्ना सेयरधनीहरूलाई लाभांश घोषणा गर्न थाले

आर्थिक परिवेश

०९ कार्तिक, काठमाण्डौ । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत विभिन्न कम्पनीहरूले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीहरूलाई लाभांश घोषणा गर्ने क्रमलाई तीव्र बनाएका छन ।

सूचीकृत कम्पनीहरूमध्ये केही वाणिज्य बैंक, विकास बैंक, वित्तीय संस्था,जलविद्युत्,उत्पादनमूलक तथा सामूहिक लगानी कोषहरू सहित ६२ कम्पनीहरुले प्रतिफल घोषणा गरिसकेका छन ।

त्यस मध्ये उत्पादनमूलक समूहअन्तर्गत रिलायन्स स्पिनिङ मिल्सले सबै भन्दा धेरै ३० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

वाणिज्य बैंकहरू तर्फबाट सिद्धार्थ बैंक र नबिल बैंकले उच्च प्रतिफल घोषणा गरेका छन् । सिद्धार्थ बैंकले १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

नबिल बैंकले ५ प्रतिशत बोनस र १० दशमलव ८ प्रतिशत नगदसहित कुल १५ दशमलव ८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

एभरेस्ट बैंकले १५ प्रतिशत (५ प्रतिशत बोनस र १० प्रतिशत नगद) तथा ग्लोबल आइएमई बैंकले १० प्रतिशत ४ प्रतिशत बोनस र ६ प्रतिशत नगद) लाभांश दिने प्रस्ताव गरेको छ ।

सानिमा बैंकले १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । लविद्युत् समूहका कम्पनीहरूमा माउन्टेन इनर्जी नेपालले २१ दशमलव ०५३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

म्युचुवल फण्ड तर्फ आरविवि म्युचुवल फण्डले २० प्रतिशत लाभांस दिने प्रस्ताव गरेको छ ।

सामूहिक लगानी कोषहरूमा हिमालयन ८०-२० ले १५ प्रतिशत नगद प्रतिफल घोषणा गरेको छ। त्यस्तै प्रभु स्मार्ट फन्ड र प्रभु सेलेक्ट फन्डले समान १२-१२ प्रतिशत तथा ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड १ ले १२ प्रतिशत प्रतिफल घोषणा गरेका छन्।

अन्य योजनाहरूमा कुमारी इक्विटी फन्ड र कुमारी धनवृद्धि योजनाले समान १०-१० प्रतिशत तथा सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम ३ ले १० प्रतिशत तथा एनएमबी सुलभ इन्भेष्टमेन्ट फन्ड २ ले पनि १०  प्रतिफल वितरण गरेका छन्।

मा प्रकाशित