१६ कार्तिक, काठमाण्डौ । नेपाल आयल निगमले एलपी ग्यास उद्योगलाई एकापसमा गाभ्ने प्रक्रिया अघि बढाएको छ ।
निगमका निर्देशक विनितमणि उपाध्यायले एपली ग्यास बिक्री वितरणलाई सहज बनाउन तथा उपभोक्ता हित प्रवद्र्धन गर्न विभिन्न नाम र ब्रान्डमा रहेका एलपी ग्यास उद्योगलाई एकापसमा गाभ्ने नीति अघि सारेको बताउनु भयो ।
निगमले सबै ग्यास उद्योगलाई हालै पत्र लेख्दै गाभ्ने कार्ययोजना बनाई काम अगाडि बढाउन आग्रह गरेको जनाएको छ ।