वित्तीय प्रविधिमा आधारित नवप्रवर्तन मेला सम्पन्न

आर्थिक परिवेश

१६ कार्तिक, काठमाण्डौ ।   प्रविधिमा आधारित वित्तीय सेवाको प्रवद्र्धन र फिन्टेकमा आधारित उदीयमान नवप्रवर्तनलाई प्रदर्शन गर्ने उद्देश्यका साथ नेपाल राष्ट्र बैकद्धारा आयोजित एक दिने वित्तीय प्रविधिमा आधारित नवप्रर्वद्धन मेला सोमवार काठमाडौंमा सम्पन्न भएको छ ।

नेपाल राष्ट्र बैंक, भुक्तानी प्रणाली विभागले आयोजना गरेको प्रर्दशनीमा वित्तीय संस्था र फिन्टेक कम्पनीका २७ वटा स्टलहरू राखिएको थियो ।

प्रदर्शनीमा डिजिटल बैंकिड., डिजिटल भुक्तानी, डिजिटल कर्जा प्रवाह, साइबर सुरक्षा प्रणाली, क्लाउड कम्प्युटिड., वित्तीय ठगी र जोखिम व्यवस्थापन, प्रविधिमा आधारित नियमन सेवाका क्षेत्रमा ती संस्था तथा कम्पनीबाट तयार पारिएका नवप्रवर्तन प्रणाली तथा सेवाहरुलाई प्रदर्शनीमा राखिएको थियो ।

राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था, फिन्टेक कम्पनीका प्रतिनिधिहरु त्था सञ्चारकर्मीहरु लगायत १ हजारभन्दा बढीले उक्त प्रदर्शनीको अवलोकन गरेका थिए ।

बालुवाटारस्थित नेपाल राष्ट्र बैंक परिसरमा आयोजित वित्तीय प्रविधिमा आधारित नवप्रर्वद्धन प्रर्दशनीको गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले उद्घाटन गर्नुभयो ।

उद्घाटन सत्रलाई सम्बोधन गर्दै गभर्नर पौडेलले प्रविधिमा आधारित वित्तीय सेवाको प्रवद्र्धनलाई राष्ट्र बैंकले उच्च प्राथमिकतामा राख्दै आएको बताउनुभयो ।

नवप्रवर्तनमा आधारित नियामकीय र सुपरिवेक्षकीय प्रणालीको विकासका लागि राष्ट्र बैंक प्रयासरत रहेको जानकारी समेत उहाँले दिनुभयो ।

फिन्टेकको विस्तारसँगै यसबाट सिर्जित चुनौतीको व्यवस्थापनमा राष्ट्र बैंकको दोहोरो जिम्मेवारी रहेको धारणा गभर्नर पौडेलले राख्नुभयो ।

उहाँले भन्नुभयो, “एकातर्पm वित्तीय स्थायित्व, सुरक्षित भुक्तानी तथा ग्राहक संरक्षण सुनिश्चित गर्नुपर्नेछ भने अर्कोतर्पm वित्तीय प्रविधि र नवप्रवर्तनको विकाससँगै जोडिएका नयाँ जोखिम तथा चुनौतीको व्यवस्थापन पनि गर्नुपर्नेछ ।

” फिन्टेक नवप्रवर्तनको प्रवद्र्धन र विकासका निम्ति नेपाल सरकार, नियामक निकाय, बैंक तथा वित्तीय संस्था, प्रविधि कम्पनी र वित्तीय क्षेत्रमा क्रियाशील संस्थाहरूबीच समन्वय र सहकार्य हुनुपर्ने आवश्यकतामा उहाँले जोड दिनुभयो ।

सो अवसरमा डेपुटी गभर्नर किरण पण्डितले फिन्टेकको प्रवद्र्धनका लागि राष्ट्र बैंकबाट भएका नीतिगत र संरचनागत प्रयासबारे वारेमा उल्लेख गर्नुभयो ।

भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक निश्चल अधिकारीले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै डिजिटल प्रविधिमा आधारित वित्तीय सेवाका सन्दर्भमा राष्ट्र बैंकले अवलम्बन गरेका व्यवस्था बारे जानकारी गराउनु भएको थियो ।

कार्यक्रमको उद्घाटन सत्रमा डेपुटी गभर्नर दीर्घबहादुर रावल, राष्ट्र बैंकका उच्च अधिकारी, बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत, सरकारी निकाय, भुक्तानी प्रणाली सञ्चालक,फिन्टेक कम्पनीलगायत सरोकारवाला संस्थाका प्रतिनिधिको सहभागिता थियो ।

उक्त कार्यक्रमकै सिलसिलामा वित्तीय पहुचविहिनहरुका लागि डिजिटल कर्जा तथा ऋण विषयक प्यानल छलफलसमेत आयोजना गरिएको थियो ।

फिन्टेक अलायन्स नेपालका तर्पmबाट मनोज घिमिरेले उक्त छलफलको सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रममा भुक्तानी प्रणाली विभाग नेपाल राष्ट बैकका कार्यकारी निर्देशक निश्चल अधिकारी, ग्लोबल आईएमई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र फिन्टेक अलायन्सका अध्यक्ष अमित अग्रवाल प्यानलिस्टको रुपमा सहभागी हुनुभएको थियो ।

नेपाल राष्ट्र बैंकले हालै जारी गरेको’Fintech Strategy for Digital Financial Services (2026/27-2030/31) अन्तर्गत फिन्टेक इकोसिस्टमका नवप्रवर्तक र अन्य सरोकारवालासँग समन्वय र सहकार्य गर्ने उद्देश्य राखिएको छ ।

सोही रणनीतिअन्तर्गत नै बैंकले Digital Finance Innovation Hub (DiFi- Hub) / Regulatory Sandbox लाई प्रभावकारी बनाउन’NRB Fintech Nexus’ संयन्त्र समेत तयार गरेको छ ।

यसैअन्तर्गत आजको’Fintech Innovation Showcase’ आयोजना गरिएको हो र भविष्यमा Fintech Workshop, Hackathons/ Innovation Challenges जस्ता कार्यक्रम सञ्चालन गर्ने बैंकको योजना रहेकाे नेपाल राष्ट बैकले जनाएकाे छ ।

मा प्रकाशित