
१८ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार बुधवार अमेरिकी डलर, युरो र पाउन्ड स्टर्लिङको भाउ घटेको छ ।
यस दिन अष्ट्रेलियन, क्यानेडियन र सिंगापुर डलरको पनि भाउ घट्दा स्विस फ्र्यांकको भाउ भने बढेको छ ।
आज युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ १९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ८६ पैसा छ । हिजो युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ १ पैसा र बिक्रीदर १७० रुपैयाँ ६८ पैसा थियो ।
बुधवार बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर २०२ रुपैयाँ ८९ पैसा र बिक्रीदर २०३ रुपैयाँ ६९ पैसा छ । हिजो पाउन्ड स्टर्लिङ एकको खरिददर २०३ रुपैयाँ ४१ पैसा र बिक्रीदर २०४ रुपैयाँ २२ पैसा थियो ।
स्विस फ्र्यांकको भाउ भने आज हिजोको तुलनामा आज बढेको छ । आज स्विस फ्र्यांक एकको खरिददर १८४ रुपैयाँ ८३ पैसा र बिक्रीदर १८५ रुपैयाँ ५६ पैसा छ ।
हिजो स्विस फ्र्यांक एकको खरिददर १८४ रुपैयाँ ६० पैसा र बिक्रीदर १८५ रुपैयाँ ३३ पैसा थियो ।
यस दिन अस्ट्रेलियन डलरको भाउ भने घटेको छ । आज अस्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ ५० र बिक्रीदर १०५ रुपैयाँ ९२ पैसा छ । हिजो अस्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ४० पैसा र बिक्रीदर १०६ रुपैयाँ ८२ पैसा थियो ।
आज क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ २६ पैसा र बिक्रीदर १०८ रुपैयाँ ६९ पैसा छ । हिजो क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ५१ पैसा र बिक्रीदर १०८ रुपैयाँ ९४ पैसा थियो ।
आज सिंगापुर डलर एकको खरिददर ११८ रुपैयाँ ११ पैसा र बिक्रीदर ११८ रुपैयाँ ५८ पैसा छ । हिजो सिंगापुर डलर एकको खरिददर ११८ रुपैयाँ ५३ पैसा र बिक्रीदर ११९ रुपैयाँ थियो ।
वाणिज्य बैंकहरूले निर्धारण गर्ने विदेशी मुद्राको विनिमयदर भने राष्ट्र बैंकले तोकेको दरभन्दा फरक हुन सक्ने जनाइएको छ ।
मा प्रकाशित