बिहिवार बढेको सुनको मूल्यमा आज पहिरो

आर्थिक परिवेश

  २० कार्तिक काठमाण्डाै ।  हिजो तोलामा १३ हजार ३ सय रुपैयाँ बढेको सुनको मूल्यमा आज फेरि पहिरो गएको छ।

सुनको मूल्य आज तोलामा ५ हजार ९ सय रुपैयाँ घटेर २ लाख ८३ हजारमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बिहीबार सुनको भाउ तोलामा १३ हजार ३ सय रुपैयाँ बढेर २ लाख ८८ हजार ९ सय पुगेको थियो।

बुधबार सुनको भाउ तोलामा ६ सय, मंगलबार ७ सय र सोमबार तोलामा २ हजार ३ सय रुपैयाँ बढेको थियो।

अघिल्लो साताको आइतबार भने सुनको भाउ तोलामा ८ हजार ३ सय रुपैयाँ घटेको थियो भने त्यसअघिका चार दिनमा सुनको भाउ ५ हजार रुपैयाँ बढेको थियो।

यही कात्तिक ८ गते भने सुनको भाउ तोलामा ११ हजार ७ सय रुपैयाँ घटेको थियो। सुनचाँदीको भाउमा विगत केही समययता निरन्तर उतारचढाव हुँदै आएको छ।

त्यसैगरी आज चाँदीको भाउ पनि घटेको छ।

चाँदीको भाउ आज तोलामा ९० रुपैयाँ घटेर ३ हजार ८ सय १० रुपैयाँमा झरेको छ।  हिजो २ सय ६५ रुपैयाँ बढेर चाँदीको भाउ ३ हजार ९ सय २० रुपैयाँ पुगेको थियो।

गत वर्षको माघ १५ गते सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।

गएको माघ १५ गते चाँदीको भाउ तोलाको सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो।

मा प्रकाशित