
०७ मंसिर काठमाण्डौ । संखुवासभामा निर्माण हुन लागेको ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको सोमवार नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा शिलान्यास गर्नुभएको छ ।
भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘भर्चुअल’ प्रविधिमार्फत नेपालको संखुवासभामा निर्माण हुने आयोजनाको शिलान्यास गर्नुभएको हो ।
नेपाल–भारत ऊर्जा सहकार्यअन्तर्गत निर्माण हुन लागेको उक्त आयोजना सङ्खुवासभाको चिचिला गाउँपालिका र खाँदबारी नगरपालिकामा अवस्थित छ ।
आयोजनाको अनुमानित लागत ९२ अर्ब ६७ करोड रहेको छ । आयोजना पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
नेपाल र भारतबीच ऊर्जा सहकार्य विस्तार तथा नेपालको जलविद्युत् उत्पादन क्षमता वृद्धि गर्ने उद्देश्यले अघि बढाइएको आयोजना निर्माण, स्वामित्व, सञ्चालन तथा हस्तान्तरण (बुट) ढाँचामा विकास गरिने छ ।
आयोजना विकास सम्झौताअनुसार आयोजनाबाट उत्पादित कुल विद्युतको २१ प्रतिशत नेपालले निःशुल्क प्राप्त गर्नेछ । आयोजनाको २५ वर्षको व्यावसायिक सञ्चालन अवधि पूरा भएपछि आयोजना नेपाल सरकारलाई निःशुल्क हस्तान्तरण गरिने व्यवस्था छ ।
मा प्रकाशित