आगामी बजेटका लागि जनता केन्द्रित कार्यक्रम तथा योजना समावेश गर्न अर्थमन्त्रीकाे आग्रह
आर्थिक परिवेश

  १४ चैत्र,काठमाडौँ ।  अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटका सम्बन्धमा आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रलालसँग छलफल गरेको छ । मन्त्रालयसँगको छलफलमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटको अङ्कभन्दा नीतिगत रूपान्तरणलाई प्राथमिकतामा राख्न आग्रह गर्नुभयो । उहाँले सङ्घीयताको मूल मर्म र भावना, सङ्घ, प्रदेश र स्थानीय तहको भूमिका, प्रदेश र स्थानीय तहको भूमिका अनुसार सङ्घमा रहेका कार्यक्रम तथा आयोजनाको हस्तान्तरण, तीनै तहका सरकारबीचको समन्वय र साझेदारीलाई बजेटमा सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो । प्रदेश र स्थानीय तहले गर्ने काम सङ्घीय सरकारले गर्दा सङ्घीयता बलियो नहुने उहाँको भनाइ छ । अर्थमन्त्री पौडेलले विगतका सबै कार्यक्रम र योजनाको समीक्षा…

  पाँच दशमलव एक प्रतिशतको आर्थिक वृद्धि अनुमान
आर्थिक परिवेश

 १४ चैत्र, काठमाडौँ   ।   चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक पुष मसान्तसम्ममा  पाँच दशमलव एक प्रतिशतको आर्थिक वृद्धि अनुमान हाँसिल भएको अनुमान गरिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधबार चालु आवको दोस्रो त्रैमासिकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) सार्वजनिक गर्दै यातायातलगायत केही क्षेत्रमा राम्रो सुधार देखिएकाे जनाएकाे छ । जिडिपीमा सामान्य वृद्धि हाँसिल भएको तर मौसमी प्रभाव समायोजन नगरिएको वृद्धिदर हो राष्ट्रिय तथ्याङ्क कार्यालयले उल्लेख गरेकाे  छ । दोस्रो त्रैमासिकको मौसमी प्रभाव समायोजन पछिको जिडिपी वृद्धिदर भने दुई दशमलव दुई प्रतिशत रहेको कार्यालयले जनाएको छ । “दोस्रो त्रैमासिकमा अर्थतन्त्रको धनात्मक वृद्धि हुनुमा यातायात, निर्माण क्षेत्र, कृषि, विद्युत् उत्पादन तथा वितरणमा भएको वृद्धिसँगै…

बुधवारका लागि निर्धारित विदेशी मुद्राको सटही दर
आर्थिक परिवेश

 १३ चैत्र,  काठमाडौँ ।     नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको सटहीदर तोकेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ९२ पैसा र बिक्रीदर १३७ रूपैयाँ ५२ पैसा कायम भएको छ । युरोपियन युरो आज एकको खरिददर १४८ रुपैयाँ १६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ८१ पैसा रहनेछ । त्यस्तै, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७७ रूपैयाँ ३६ पैसा र बिक्रीदर १७८ रूपैयाँ १४ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५५ रूपैयाँ २७ पैसा र बिक्रीदर १५५ रूपैयाँ ९५ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ५३ पैसा र बिक्रीदर ८६…

मुलुककाे सार्वजनिक ऋण २६ खर्ब ७६ अर्ब पुग्याे
आर्थिक परिवेश

०७  चैत्र, काठमाडौँ ।   चालु आर्थिक वर्ष २०८१/८२ को फागुन मसान्तसम्ममा सरकारले तिर्न बाँकी ऋण २६ खर्ब ७६ अर्ब तीन करोड पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले तयार पारेको चालु आर्थिक वर्षको दोस्रो चौमासिक अवधिसम्मको सरकारी ऋणको प्रतिवेदनअनुसार यो आर्थिक वर्षमा मात्र करिब साढे दुई खर्ब सरकारी ऋण थपिएको छ । “चालु आर्थिक वर्षको सुरुमा कुल सार्वजनिक ऋण  २४ खर्ब ३४ अर्ब नौ करोड रहेकामा फागुन मसान्तसम्म  दुई खर्ब ४१ अर्ब ९३ करोड थप वृद्धि भई कुल सार्वजनिक ऋण दायित्व  २६ खर्ब ७६ अर्ब तीन करोड पुगेको छ । जुन कुल गार्हस्थ्य उत्पादनको ४६ दशमलव ९१ प्रतिशत हुन आउँछ”,…

विकासशील राष्ट्रमा स्तरोन्नति हुँदा अबलम्वन गर्नुपर्ने रणनीतिमा छलफल
आर्थिक परिवेश

चैत्र ६ ,काठमाडौं। नेपाल अल्पविकसित राष्ट्र समूहबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुँदा अबलम्वन गर्नुपर्ने रणनीति कार्यान्वयनका लागि अर्थ मन्त्रालयले गर्नुपर्ने तयारीका कार्यहरुबारे गृहकार्य सुरु भएको छ । अर्थ मन्त्रालयमा आयोजित बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालले गर्नुपर्ने कार्यहरुलाई पूर्ण तयारीका साथ अघि बढाउने उल्लेख गर्दै त्यसमा जुटन कर्मचारीहरुलाई निर्देशन दिनुभयो । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीहरुले संक्रमणकालीन रणनीतिहरुलाई समय सान्दर्भिक बनाइ सबै पक्षसँगको समन्वयमा अघि बढ्न आवश्यक रहेको बताउनुभयो । बैठकमा आर्थिक वर्ष २०८२/०८३ को बजेट बनाउँदा प्रस्ताव गरिेने, नीति, योजना र कार्यक्रमले सहज र दिगो बनाउन योगदान गर्ने गरी तयारीमा जुटनु पर्नेमा पनि जोड दिइएको छ ।…