अर्थमन्त्री पौडेल र महानगरप्रमुख आचार्यलाई थप उपचारका लागि काठमाडौँ ल्याइयाे
आर्थिक परिवेश

  ०३ फागुन  काठमाडौँ । पोखरा भ्रमण वर्ष, २०२५ उद्घाटनका क्रममा आगोको ज्वालाले बेलुन फुट्दा घाइते हुनुभएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरप्रमुख धनराज आचार्यलाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ । रिमोर्टबाट दीप प्रज्वलनपछि बेलुन उडाउने क्रममा आगोको ज्वालाले बेलुनमा टिपेपछि बेलुन पड्किएको थियो । बेलुनको आगोका कारण अर्थमन्त्री पौडेल र महानगर प्रमुख आचार्य घाइते हुनुभएको थियो । अर्थमन्त्री पौडेललाई उपचारका लागि गण्डकी मेडिकल कलेज शिक्षण अस्पताल लगिएकोमा थप उपचारका लागि काठमाडौँको कीर्तिपुरस्थित अस्पतालमा लगिएको नेपाल कम्युनिष्ट पार्टी (एमाले)कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिनुभयो । मन्त्री पौडेललाई गण्डकी मेडिकल कलेज शिक्षण अस्पतालबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलतर्फ एम्बुलेन्सबाट…

गण्डकी र  लुम्बिनी प्रदेश आर्थिक त्रिभुज परियोजना कार्यान्वयन अघि बढाउन सहमत
आर्थिक परिवेश

३० माघ, पाल्पा ।  लुम्बिनी र गण्डकी प्रदेश सरकारले गण्डकी आर्थिक त्रिभुज परियोजना कार्यान्वयन गर्न सङ्घीय सरकारलाई अनुरोध गर्ने प्रतिबद्धता जनाएका छन् । दुबै प्रदेशले रणनीतिक विकास र समृद्धिका लागि २१ बुँदे साझा प्रतिबद्धता समेत व्यक्त गरेका छन् । लुम्बिनी प्रदेश सरकारको आयोजनामा पाल्पाको ऐतिहासिक एवं पर्यटकीय गन्तव्य रानीमहलमा बुधवार सम्पन्न अन्तर प्रदेशस्तरीय बैठकले उक्त प्रतिबद्धता व्यक्त गरेको हो । लुम्बिनी र गण्डकी प्रदेशको समग्र विकासका सवाल, साझा सम्भावनाहरू संयुक्त रुपमा सम्बोधन गर्ने उद्देश्यले पहिलो पटक लुम्बिनी प्रदेश सरकारले बैठकको आयोजना गरेको थियो । बैठकले दुवै प्रदेशका विभिन्न विकास योजनालाई संयुक्त रूपमा अगाडि बढाउने प्रतिबद्धता गरेको छ । यातायात सञ्जाल…

नेपाल भ्रष्टाचार हुने मुलुकको एक सय सातौँ स्थानमा
आर्थिक परिवेश

२९ माघ,काठमाडौ ।    नेपाल भ्रष्टाचार हुने मुलुकको एक सय सातौँ स्थानमा परेको छ । गत बर्ष नेपालकाे अवस्था अघिल्लाे बर्षकाे तुलनामा १ अ‌कले सुधार भएकाे  छ । ट्रान्सपरेन्सी इन्टरनेसन नेपालका अनुसार नेपालले १०० अङ्कमा जम्मा ३४ अङ्क प्राप्त गरेको छ । दक्षिण एसियाली मुलुकहरूमा भुटानले ७२ अङ्क, भारतले ३८ अङ्क, मालदिभ्सले ३८ अङ्क, नेपालले ३४ अङ्क, श्रीलङ्काले ३२ अङ्क, पाकिस्तानले २७ अङ्क, बङ्गलादेशले २३ अङ्क र अफगानिस्तानले १७ अङ्क प्राप्त गरेका छन् । छिमेकी चीनले ४३ अङ्क प्राप्त गरेको विज्ञप्तिमा उल्लेख छ । विश्वको सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा डेनमार्क र सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकको सूचीमा साउथ सुडान…

पूँजीगत खर्चकाे प्रवृत्तिमा उल्लेख्य सुधार भएकाे छ : अर्थमन्त्री पौडेल
आर्थिक परिवेश

२७ माघ, काठमाण्डौं ।    उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८१/८२ को बजेट कार्यान्वयनको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन’ आइतवार राष्ट्रियसभाको बैठकमा पेश गर्नु भएको छ । बैठक समक्ष बजेट कार्यान्वयनको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन पेश गर्दै अर्थमन्त्री पोडेलले चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक प्रगतिको नतिजा मिश्रित रहेको बताउनु भयो । अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन पेस गर्दै अर्थ मन्त्री पोडेलले भू–राजनीतिक तनाव तथा अन्य अन्तर्राष्ट्रिय कारणले मूल्यश्रृङ्खला प्रभावित भएको, अपेक्षित रुपमा कर्जा विस्तार हुन नसकेको, निर्माण क्षेत्रमा सुधार आउन नसकेकाले आर्थिक वृद्धिको लक्ष्य हासिल गर्ने चुनौती देखिएको बताउनुभयो । उपप्रधानमन्त्री पौडेलले सार्वजनिक वित्त व्यवस्थापन प्रणालीमा निरन्तर सुधारको प्रयास, अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप लेखाङ्कन…

६ महिनामा प्रदेशहरुको बजेट खर्च निराशाजनक
आर्थिक परिवेश

२६ माघ, काठमाण्डौ ।    चालु आर्थिक वर्षको ६ महिनामा प्रदेशहरुको बजेट खर्च निराशाजनक भएको देखिएको छ ।  स‌‌घीय सरकारले सार्वजनिक गरेको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदनअनुसार हालसम्म प्रदेशको बजेट खर्च वार्षिक लक्ष्यको १६ दशमलव १८ प्रतिशत मात्रै छ । प्रदेश सरकारहरुले चालु आवका लागि कूल २ खर्ब ७८ अर्ब ६९ करोड २४ लाखको बजेट ल्याएका थिए  । प्रदेश सरकारहरुले गत पुस मसान्तसम्ममा ४५ अर्ब नौ करोड ३८ लाख बराबर मात्रै खर्च गरेका छन् । यसले मुलुककाे समग खर्चकाे अवट्ठथा र पूँजीगत खर्चकाे लक्ष्य भेटाउन सघीय सरकार सामु थप चुनाैती खडा गरेकाे  छ । यता स‍घीय  सरकारकाे  ६ महिनाकाे खर्चकाे अवस्था  पनि…