हुन नसकेका काम र राज्य संयन्त्रलाई माथिल्लो तहबाटै जबाफदेही बनाउन दृढसङ्कल्पित छु प्रधानमन्त्री
आर्थिक परिवेश१० पुष, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी दिनमा कार्यशैली परिवर्तनसहित जनतामा आशा जगाउने र परिणाम दिने घोषणा गर्नुभएको छ । प्रधानमन्त्री नियुक्त भएको एक वर्ष पूरा भएको अवसरमा आज सिंहदरबारबाट देशवासीका नाममा सम्बोधन गर्दै उहाँले सुशासन, सामाजिक न्याय, समृद्धि, कूटनीति, विपद् व्यवस्थापन र लोकतन्त्रको संवर्द्धन लगायत क्षेत्रमा भएका मुख्य प्रगति सार्वजनिक गर्नुभयो । प्रधानमन्त्री दाहालले प्रयास गर्दागर्दै हुन नसकेका काम र राज्य संयन्त्रलाई माथिल्लो तहबाटै जबाफदेही बनाउन आफू दृढ सङ्कल्पित रहेको बताउनुभयो । प्रधानमन्त्री दाहालले गर्नुभएको सम्बोधनको पूर्णपाठः आदरणीय आमाबुवा, दिदीबहिनी र दाजुभाइहरू, आज म समस्त नागरिकसँग प्रत्यक्ष सम्बोधन गर्न उपस्थित भएको छु। सरकार गठन भएको एक वर्ष…
कृषिकाे विकासका लागि सरकारले कृषि क्षेत्रमा लगानी दशक घाेषणा गर्ने
आर्थिक परिवेश१० पुष, काठमाडौं । कृषिकाे विकासका लागि सरकारले वि.स. २०८१–९१ साललाई कृषि क्षेत्रमा लगानी दशककाे रूपमा घोषणा गर्ने भएको छ । वर्तमान सकारको १ वर्ष पुगेको अवसारमा प्रधानमन्त्री पुष्पकामल दाहाल प्रचण्डले मंगलवार राष्ट्रका नाममा सम्बोधन गर्दै आागमी याेजना मार्फत कृषिमा लगानी दशक घोषणण गर्ने तयारी भएको बताउनु भयाे । ‘खाद्यान्न प्रणाली र कृषि क्षेत्रको रुपान्तरणका लागि कृषि क्षेत्रमा सरकारी, निजी, विकास साझेदार र सहकारी क्षेत्रको लगानी बढाउन कृषि क्षेत्रमा लगानी दशक २०८१–९१ घोषणा गर्ने सरकारको तयारी छ,’ प्रधानमन्त्रीले भन्रु भयाे । , ‘कृषिमा राज्यको लगानी घटेको छैन तर, उत्पादकत्व बढेको पनि छैन । यसमा सुधार गर्न जरुरी छ प्रधानमन्त्रीकाे भनाइ…
अर्थतन्त्र सुधार उन्मुख अवस्थाबाट अघि बढेकाे छ अर्थमन्त्री
आर्थिक परिवेश१० पुष, चितवन । अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्र सुधारोन्मुख भएको बताउनुभएको छ । मंगलवार भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै अर्थ मन्त्री महतले अर्थतन्त्रका सूचक सकारात्मक देखिएका बताउनुभएको हो । अर्थमन्त्रीले भन्नुभयो, “नेपालमा भविष्य छैन, यहाँ लगानी गर्नु हुँदैन भन्ने नकारात्मक प्रचार अन्त्य भएको छ, अब लगानीको वातावरण बनेको छ ।” उहाँले भन्नुभयो, “यहाँ अब केही गर्न हुँदैन भन्ने प्रचार भयो, तर वास्तवमा त्यस्तो होइन, तथ्याङ्कले देखाएको छ ।” लगानीको वातावरण बिथोल्न खोजिएको भए पनि यसलाई चिरेर सहज अवस्थामा अर्थतन्त्र आएको उहाँले बताउनुभयो । अर्थमन्त्रीले भन्नुभयो, “लगानी गर्नेहरूको आत्मविश्वास बढेको छ, नियोजित प्रचार गर्नेको नियत सबैले बुझेका छन्, लगानी गर्दा…
सङ्घीय समपूरक तथा विशेष अनुदानअन्तर्गत आयोजना र कार्यक्रमका लागि प्रस्ताव माग
आर्थिक परिवेश०९ पुष, काठमाडौँ । आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट निर्माण प्रक्रिया सुरु भएको छ । राष्ट्रिय योजना आयोगले प्रदेश र स्थानीय तहलाई परिपत्र गर्दै आगामी आवका लागि सङ्घीय समपूरक तथा विशेष अनुदानअन्तर्गत सञ्चालन गरिने आयोजना र कार्यक्रमका लागि प्रस्ताव माग गरेको हो । प्रदेश र स्थानीय तहलाई यस्तो अनुदान शीर्षकअन्तर्गत कार्यान्वयन हुने योजना तथा कार्यक्रमको प्रस्ताव आगामी माघ मसान्तभित्र पेस गरिसक्न भनिएको छ । राष्ट्रिय योजना आयोगका सहप्रवक्ता डा दिवाकर लुइँटेलका अनुसार सङ्घीय सरकारले प्रदेश र स्थानीय तहको मागका आधारमा वित्तीय हस्तान्तरणको उपकरणका रुपमा समपूरक र विशेष अनुदान उपलब्ध गराउँछ । आवश्यक प्रक्रिया र मापदण्ड पूरा गरेका योजना…
स्वाधीन, समुन्नत एवं आत्मनिर्भर अर्थतन्त्र निर्माणमा लाग्न उद्योगी व्यवसायीलाई राष्ट्रपति पौडेलकाे आग्रह
आर्थिक परिवेश०७ पुष,विराटनगर । राष्ट्रपति रामचन्द्र पौडेलले स्वाधीन, समुन्नत एवं आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड दिनुभएको छ । नेपाल उद्योग परिसङ्घ कोसी प्रदेशले विराटनगरमा शनिवार आयोजना गरेको उद्योगीहरूको भेला तथा प्रजातन्त्र सेनानी सम्मान समारोहको उद्घाटन गर्नुहुँदै राष्ट्रपति पौडेलले समाजवाद उन्मुख अर्थव्यवस्थाको आधार निर्माण गर्न उद्योगी व्यवसायीको महत्त्वपूर्ण भूमिका हुने बताउनुभयो । कोभिड–१९ महामारीबाट शिथिल भएको अर्थतन्त्रलाई उन्नत बनाउन सरकारले गरेका प्रयासले केही सकारात्मक प्रभाव पारेको बताउँदै राष्ट्रपति पौडेलले भन्नुभयो, “अपेक्षाअनुसार देशको अर्थतन्त्र सबल भएको छैन, रोजगारी सृजनालगायत आन्तरिक उत्पादन बढ्न नसकेको छैन भने राजस्वका लक्ष्यप्राप्त गर्न कठिनाइ भएको छ । उद्योगधन्दा पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन् । उद्योग कलकारखाना सञ्चालनमा हाम्रो…