बेलायत सरकारबाट प्राप्त हुने ८.१ मिलियन पाउन्ड बराबरको अनुदान स्वीकृत
आर्थिक परिवेश

१० असार,काठमाडाैं ।  सरकारले भूकम्पको कारण भएको क्षतिको पुनर्निर्माण र पुनर्स्थापनाका लागि बेलायत सरकारबाट प्राप्त हुने ८.१ मिलियन पाउन्ड बराबरको अनुदान स्वीकृत गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न साेमवारआयोजित पत्रकार सम्मेलनमा सञ्चार मन्त्री रेखा शर्माले स्थानीय पूर्वाधार कार्यक्रम अन्तर्गत कर्णाली प्रदेशमा पछिल्लो पटक गएको भूकम्पको कारण भएको क्षतिको पुनर्निर्माण र पुनर्स्थापनाका लागि बेलायत सरकारबाट प्राप्त हुने थप ८.१ मिलियन पाउन्ड बराबरको अनुदान स्वीकृत गर्ने निर्णय गरेको बताउनुभयो । मन्त्री शर्माले विश्व बैङ्कबाट उपलब्ध हुने ८० मिलियन अमेरिकी डलर सहुलियत ऋण सहायता स्वीकार गर्ने निर्णय भएको पनि जानकारी दिनुभयो । यस्तै, सरकारले विद्युतीय…

दक्ष र व्यवसायिक व्यक्तिलाई सरकारले छिट्टै धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्छ : अर्थमन्त्री
आर्थिक परिवेश

१० असार,काठमाडौं ।   अर्थमन्त्री वर्षमान पुनले दक्ष र व्यवसायिक व्यक्तिलाई सरकारले छिट्टै धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्ने बताउनु भएको छ । प्रतिनिधिसभा बैठकमा सोमबार मन्त्रालयगत बजेटमा उठेका प्रश्नको जवाफ दिने क्रममा सांसदहरुले बोर्ड अध्यक्षको नियुक्तिबारे जिज्ञासाको जवाफमा अर्थमन्त्री पुनले  १९ आवेदकमध्येबाट छनोट समितिले ५ जनाको नाम ‘सर्ट लिष्ट’ गरेको र त्यसमध्ये दुई जना मात्र प्रस्तुतिकरणका लागि उपस्थित भएकाले यस्तो अवस्थामा के गर्न सकिन्छ भन्नेबारे महान्यायाधिवक्ता कार्यालयसँग राय मागिएको जानकारीनु भयो । उनले दाबेदारमध्येबाट व्यसायिक र दक्ष व्यक्तिलाई सरकारले छिट्टै बोर्ड अध्यक्ष नियुक्त गर्ने जानकारी बैठक समक्ष दिनु भयो । िधतोपत्र ऐनमा स्पष्ट रुपमा पाँचमध्ये समितिले तीन जनाको नाम अनिवार्य सिफारिस…

सहकारीमा सुधार नआउँदासम्म बैंकको खराब कर्जा पनि घट्दैन : गभर्नर अधिकारी
आर्थिक परिवेश

०९ असार, काठमाडौं ।   नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सहकारीमा सुधार नआउँदासम्म बैंकको खराब कर्जा पनि घट्न नसक्ने बताउनु भएको छ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आइतबार आयोजना गरेको नेपाली बैंकिङ क्षेत्रमा जोखिमपूर्ण सम्पत्तिको व्यवस्थापन विषयक छलफल कार्यक्रममा गर्भनर अधिकारीले देशको अर्थतन्त्रमा सहकारी क्षेत्रको योगदान महत्वपूर्ण भएको बताउँदै त्यस क्षेत्रमा सुधार नआउँदासम्म बैंकिङ क्षेत्रको खराब कर्जा र समग्र अर्थतन्त्रमा पनि सुधार हुन नसक्ने बताउनु भयो । उहाँले समस्याग्रस्त सहकारीको व्यवस्थापनका लागि दक्ष जनशक्ति सहितको संस्था र अन्य सहकारीको व्यवस्थापनका लागि दोस्रो तहको नियामक आवश्यक रहेको बताउनु भयो । उहाँले बैकको ऋण नतिर्दा पनि हुन्छ भन्ने गलत मानसिकताका कारण…

बहाल रहेका मुख्य सचिव अर्यालसहित ११ जना विरुद्ध भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर
आर्थिक परिवेश

 ९ असार , काठमाडौँ ।  अन्तःशुल्क स्टीकर छपाइ खरिद प्रकरणमा भ्रष्टाचार गरेको अभियोगमा मुख्यसचिव डा बैकुण्ठ अर्यालसहित ११ जना कर्मचारी र एउटा कम्पनी तथा त्यसका निर्देशकविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज जनही रु ३८ करोड ६७ लाख १७ हजार छ सय ४० बिगो माग दाबीसहित मुद्दा दायर गरेको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिनुभयो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रहेका बेला सुरक्षण मुद्रण विकास समितिका तत्कालीन अध्यक्ष (हाल मुख्यसचिव) डा अर्यालसहित, आन्तरिक राजश्व विभागका तत्कालीन महानिर्देशक एवं हाल अर्थ मन्त्रालयका सहसचिव रितेशकुमार शाक्य, सोही विभागका तत्कालीन उपमहानिर्देशक एवं हाल भन्सार…

अर्थ मन्त्रालयमा शुरू भयाे आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन कार्ययोजना बनाउन
आर्थिक परिवेश

०८ असार,  काठमाडौँ ।  अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन सम्बन्धी कार्ययाेजना  बनाउने काम थालेको छ । अर्थमन्त्री वर्षमान पुन अनन्तले मन्त्रालयका दुवै सचिव, महाशाखा प्रमुखहरू र भन्सार र राजश्व प्रशासनका उच्च अधिकृतहरूको बैठक बोलाएर कार्ययोजनाबारे शुक्रबार प्रारम्भिक छलफल गर्नुभएको हो । त्यस क्रममा मन्त्री पुनले कार्यान्वयन हुन सक्ने गरी वस्तुवादी योजना तयार पार्न निर्देशन दिनुभयो । मन्त्री पुनले बजेटको आकार कूल ग्राहस्थ उत्पादनसँग मेल खाने खालको भएकाले कार्यान्वयन सहज भएको विश्वास व्यक्त गर्नुभयो । ‘खर्च बढाउने गरी र कार्यान्वयन हुन सक्ने गरी वस्तुगत कार्ययोजना बनाऔँ’, जति समयमै गर्न सकियो र खर्च बढाउन सकियो त्यति नै बजार चलायमान हुने…